२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रूसले कब्जा गरेको युक्रेनी कलेजमा भएको आक्रमणमा परी दश जनाको मृत्यु : गभर्नर



अ+ अ-

मस्को। पूर्वी युक्रेनको रूसी कब्जामा रहेको शहरको एक कलेजमा युक्रेनी हमलामा ज्यान गुमाउनेको सङ्ख्या दश जना पुगेको मस्कोका स्थानीय अधिकारीले शनिबार बताएका छन् ।

आक्रमणमा ३८ जना घाइते भएको उल्लेख गर्दै ११ जना विद्यार्थी बेपत्ता भएको लुगान्स्क क्षेत्रका गभर्नर लियोनिद पासेचनिकले बताउनुभएको छ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार शुक्रबार रातिसम्म स्टारोबिल्स्कको कलेजको छात्रावासमा ड्रोन प्रहार गरी गरेको आक्रमणको निन्दा गर्दै सेनालाई जवाफी आक्रमणको तयारी गर्न आदेश दिनु भएको छ ।

उद्धारकर्ताले निरन्तर उद्धार तथा भग्नावशेष सफा गर्ने काम गरी रहेको पासेनिकले टेलिग्राममार्फत जनाउनुभएको छ ।

युक्रेनले सर्वसाधारणलाई लक्षित गरी आक्रमण गरेको आरोप अस्वीकार गर्दै स्टारोबिल्स्क क्षेत्रमा तैनाथ रूसी ड्रोन युनिटमा आक्रमण गरेको बताएको छ । रूसको विदेश मन्त्रालयले यस घटनाको बदलामा पुक्रेनले कडा सजाय भोग्नुपर्ने बताएको छ ।

युक्रेनले देशको रूसी नियन्त्रित क्षेत्रलाई लक्षित गरी आक्रमण गरेर रूसी आक्रमणको प्रतिशोध गरेको बताएको छ । रूसी सेनाले आफ्नो पूर्ण आक्रमण सुरु गरेको केही समयपछि सन् २०२२ मा उक्त सहर कब्जा गरेको थियो । रासस/एएफपी