३१ श्रावण २०८३, आईतवार
,
Latest
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य पूर्वी चीनको हङ्जे तालमा बाढी नियन्त्रणका लागि ६३ वटै ढोका खोलिए पोखराका ठूला पूर्वाधार आयोजना भदौभित्रै टेण्डर प्रक्रियामा जाने, विकास र भूमि व्यवस्थापनका कार्य तिब्र अध्यक्ष ओलीले भने– पार्टीमा बस्ने भए अनुशासनमा बस्नुस्, नत्र आफ्नो बाटो रोजे हुन्छ जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवर्द्धनका लागि सरकारको साथ रहन्छ: अर्थमन्त्री सर्प र भर्याङ पहिरोमा परिएर एक जनाको मृत्यु निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाराणहिटी सङ्ग्रहालयभित्रको सभाहल र चमेनागृह सञ्चालन भएन



अ+ अ-

काठमाडौँ। नारायणहिटी दरबार सङ्ग्रहालय विकास समिति परिसरभित्रको गणतन्त्र स्मारक क्षेत्रमा निर्मित सभाहल र चमेनागृह हस्तान्तरण भएको छ वर्ष बितिसक्दा पनि सञ्चालन हुन सकेको छैन ।

सहरी विकास तथा भवन निर्माण विभागले रु ४४ करोड ९१ लाख ५३ हजार लागतमा सभाहल र चमेनागृह निर्माण गरी २०७६ साल माघ ३ गते समितिलाई हस्तान्तरण गरेको थियो ।

पैतीस रोपनी क्षेत्रफलमा फैलिएको गणतन्त्र स्मारक क्षेत्रमा निर्माण भएको सभाहल र चमेनागृह सञ्चालनमा ल्याउन महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले निर्देशन दिएको छ ।

नारायणहिटी सङ्ग्रहालय परिसरभित्र सभाहल र चमेनागृहसँगै भूमिगत पार्किङ, सहिदस्तम्भ, नेपालको वस्तुस्थिति नक्सा र चार स्तम्भ रहेका छन् ।

नारायणहिटीको सङ्ग्रहालय र गणतन्त्र स्मारकलाई राष्ट्रको महत्वपूर्ण, ऐतिहासिक र सांस्कृतिक धरोहर बनाउँदै सहिदप्रतिको सम्मान व्यक्त गर्ने स्थलको संरक्षण र सम्वर्द्धन गरी पुरातात्विक वस्तुको प्रदर्शन गर्ने स्थलका रुपमा विकास गर्न समिति स्थापना भएको हो । रासस