२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्पेसएक्सद्वारा स्टारसिपको १२ औँ उडान परीक्षण सफलतापूर्वक सम्पन्न



अ+ अ-

काठमाडौँ। अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले आफ्नो विशाल ‘स्टारसिप’ रकेटको १२ औँ उडान परीक्षण सफलतापूर्वक सम्पन्न गरेको छ ।

अमेरिकाको टेक्ससस्थित कम्पनीको ‘स्टारबेस’ केन्द्रबाट स्थानीय समयअनुसार शुक्रवार साँझ ५ः३० बजे रकेट प्रक्षेपण गरिएको थियो । प्रक्षेपणको केही समयपछि स्टारसिपको माथिल्लो भाग ‘सुपर हेभी बुस्टर’ बाट सफलतापूर्वक अलग भएको थियो ।

कम्पनीकाअनुसार यसपटक बुस्टरलाई मेक्सिकोको खाडीमा अवतरण (स्प्लासडाउन) गर्ने लक्ष्य राखिएको छ । यो उडानमा रकेटको डिजाइनमा व्यापक परिवर्तन गरिएको र यो सो डिजाइनको पहिलो परीक्षण भएकाले बुस्टरलाई पुनः प्रक्षेपणस्थलमै फर्काएर ’क्याच’ गर्ने प्रयास भने नगरिएको स्पेसएक्सले जनाएको छ ।

परीक्षणका क्रममा स्टारसिपले परिमार्जित स्टारलिङ्क उपग्रह र २० वटा सिमुलेटरहरू सफलतापूर्वक अन्तरिक्षमा तैनाथ गरेको छ । यस अभियानमार्फत नयाँ पुस्ताको स्टारसिप अन्तरिक्ष यान र सुपर हेभी बुस्टरको प्रदर्शनका साथै उन्नत ‘राप्टर इन्जिन’ र नयाँ डिजाइन गरिएको प्रक्षेपण प्याडको वास्तविक वातावरणमा मूल्याङ्कन गरिएको छ ।

यसअघि बिहीवारका लागि तय गरिएको प्रक्षेपण प्राविधिक समस्याका कारण स्थगित भएको थियो। स्पेसएक्सका संस्थापक एलन मस्ककाअनुसार प्रक्षेपण टावरको ‘हाइड्रोलिक पिन’ योजनाअनुसार नखुलेका कारण उडान एक दिन ढिलो हुन पुगेको हो ।

स्टारसिपलाई अमेरिकी अन्तरिक्ष निकाय (नासा) को ‘आर्टेमिस’ कार्यक्रमको महत्वपूर्ण हिस्सा मानिएको छ । यस कार्यक्रमको उद्देश्य मानवलाई पुनः चन्द्रमामा अवतरण गराउनु र भविष्यमा मङ्गल ग्रहका लागि मानव मिसनको आधार तयार गर्नु रहेको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल