२ असार २०८३, मंगलवार
,
Latest
अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर अमेरिका–इरान समझदारीपछि शान्तिको आशा तर महत्वपूर्ण विषयमा मतभेद कायमै भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान बजेटले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप खेलकुदमन्त्री पोखरेलद्वारा कर्णाली प्रदेश रङ्गशाला निरीक्षण संविधान विपरीत हिँड्ने छुट अर्थमन्त्रीलाई छैन: पूर्वप्रधानन्यायायाधीश कल्याण श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया



अ+ अ-

काठमाडौँ। जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरुसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

शुक्रबार सम्पन्न अन्तरक्रियामा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी तथा महत्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको नेपाली सेनाले जानकारी दिएको छ ।

त्यस अवसरमा प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि राष्ट्र र संस्थाप्रति समर्पित अग्रज नेतृत्वबाट निरन्तर प्रेरणा प्राप्त भएकामा उक्त अमूल्य योगदानप्रति उच्च सम्मान व्यक्त गर्नुभएको थियो ।

यस प्रकारको कार्यक्रमबाट सेवारत र अवकाशप्राप्त सैनिकहरूबीच निरन्तर सम्बन्ध कायम हुनुको साथै प्राप्त राय सुझावले राष्ट्रिय दायित्वलाई आत्मसात् गरी समग्रमा राष्ट्रिय हितको संरक्षणमा सहयोगीसिद्ध हुने विश्वास लिइएको नेपाली सेनाले विज्ञप्तिमार्फत जनाएको छ । रासस