१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले क्षतिग्रस्त बेनी–जोमसोम सडक मर्मत सुरु News Polar शिक्षा क्षेत्रमा नीतिगत सुधारदेखि ‘डिजिटल’ सेवा विस्तारसम्म News Polar सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै News Polar अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज News Polar अविरल वर्षाले हुम्लाका ग्रामीण सडक अवरुद्ध News Polar कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट

जुम्लामा घरमै पुग्यो राहदानी

जुम्लामा घरमै पुग्यो राहदानी
अ अ+ अ-

जुम्ला । जिल्ला प्रशासन कार्यालय जुम्लाले हुलाकमार्फत सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु गरेको छ ।

जिल्लाका आठवटै स्थानीय तहमा हालसम्म १४९ वटा थान राहदानी घरमै सेवाग्राहीको घरमै पुर्‍याइएका जिल्ला प्रशासन कार्यालय जुम्लाका राहदानी शाखाका प्रमुख नरबहादुर बुढाले जानकारी दिनुभयो ।

प्रशासन कार्यालय र हुलाक कार्यालय जुम्लाबीच सेवाग्राहीको राहदानी घरमै पुर्‍याउनका लागि भएको सम्झौताअनुसार गत वैशाख २४ गते ६१ थान राहदानी हल्काराबाट घरमै पुगेर प्रदान गरिएको छ ।

यसैगरी वैशाख २८ गते १९ वटा र यही जेठ ५ गते २५ वटा राहदानी घरमै पुर्‍याइएको छ ।

गत चैत १३ गते सरकारले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० दिने कार्यसूचीअन्तर्गत जिल्लामा पहिलोपटक सेवाग्राहीको घरमै पुगेर राहदानी उपलब्ध गर्ने लागिएको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको भनाइ छ ।

जिल्ला हुलाक कार्यालयमार्फत सम्बन्धित राहदानी धनीको घरमै पुर्‍याउने व्यवस्था गरिएको छ । राहदानी बुझ्दा अनिवार्य रूपमा आफ्नो पहिचान खुल्ने आधिकारिक सरकारी कागजात (नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली) साथमा राख्नुपर्नेछ ।

कुनै अन्य व्यक्तिमार्फत राहदानी बुझ्नुपर्ने भएमा सम्बन्धित व्यक्तिको एकाघरको नाता खुल्ने कागजातसमेत साथमा आवश्यकपर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।

हुलाक कार्यालय जुम्लाका निमित्त कार्यालय प्रमुख गणेशदत्त रावलले हुलाकमार्फत राहदानी बुझिलिनेसम्बन्धी प्रशासनसँग सम्झौता भएको छ ।

नागरिकको राहदानी घरमै वितरणका लागि हुलाक कार्यालयले हल्कारामार्फत बढीमा तीन दिनभित्र सेवाग्राहीको घरमै सुरक्षित रुपमा पुर्‍याउने हुलाक कार्यालय जुम्लाले जनाएको छ ।

राहदानी लिन सदरमुकामसम्म धाउनुपर्ने अवस्था रहेकामा सो अवस्थाको अन्त्य गर्दै नागरिकलाई घरदैलोमा नै पुर्‍याउने गरी सेवा सुरु गरिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । रासस