२५ जेष्ठ २०८३, सोमबार
,
Latest
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यक छः मन्त्री चौधरी पूर्वी नेपालमै पहिलो पटक विराट मेडिकल कलेजमा हेमोपर्फ्युजन र प्लाज्माफेरेसिस सेवा सुरु रास्वपा जिल्ला अधिवेशन : ५६ जिल्लामा सम्पन्न, १२ जिल्ला निर्वाचनको चरणमा गोरखाको आरुघाटमा मोतीविन्दुको निःशुल्क शल्यक्रियाबाट ८५ जनाले पाए नयाँ दृष्टि इजलासमा फर्किइन् सपना प्रधान मल्ल ट्राफिक जामका कारण संसद् बैठकमा ९ मिनेट ढिलो पुगेकाे भन्दै सांसद पुनले मागे माफी रास्वपा सभापति लामिछानेलाई लिङदेनको सुझावः वैदेशिक मामिलामा संवेदनशीलता अपनाइयोस् रास्वपा प्युठानको सभापतिमा पोख्रेल चयन फिलिपिन्समा शक्तिशाली भूकम्पपछि सुनामी चेतावनी ‘ऋणमुक्त विकास साझेदार अन्तर्राष्ट्रिय गैर सरकारी संस्था’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सोलेडाँडामा ‘जडीबुटी पार्क’



अ+ अ-

बागलुङ। बागलुङको तमानखोला गाउँपालिकाले पर्यटकीय क्षेत्र सोलेडाँडामा जडीबुटी पार्क निर्माण गरेको छ । गाउँपालिकाले सोलेडाँडाको करिब सात रोपनी क्षेत्रफलमा जडीबुटीको बिरुवा लगाएको हो ।

प्राकृतिक सुन्दरताले भरिएको सोलेडाँडामा गाउँपालिकाले पर्यटकीय पूर्वधारसँगै जडीबुटीको अनुसन्धान र पर्यटक आकर्षण गर्नका लागि पार्क निर्माण गरिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो ।

समुन्द्री सतहदेखि करिब दुई हजार ६३० मिटरको उचाइमा रहेको सोलेडाँडामा जडीबुटी राम्रो उत्पादन हुने उहाँको भनाइ छ ।

गाउँपालिकाले अघिल्लो वर्षदेखि पार्कमा विभिन्न प्रजातिका जडीबुटीको बिरुवा लगाएको अध्यक्ष बुढामगरले बताउनुभयो । सोलेडाँडा छेउँको जङ्गलमा तारबार लगाएर पार्क निर्माण गरी चिराइलो, अर्सोगन्धलगायत विभिन्न प्रजातिका जडीबुटी यहाँ लगाइएको उहाँको भनाइ छ ।

“सोलेडाँडा आफैँमा पर्यटकीय क्षेत्र हो, यहाँ पछिल्लो समय उल्लेख्य पर्यटकको आगमन हुन थालेको छ, हामीहरुले नयाँ सोचका साथ जडीबुटी पार्कसमेत बनाएका छौँ”, अध्यक्ष बुढामगरले भन्नुभयो, “अब सोलेडाँडा घुमफिर गर्ने र रमाउने ठाउँ मात्रै होइन, अनुसन्धान गर्ने क्षेत्रका रुपमा पनि विकास गर्ने उद्देश्यले जडीबुटी पार्क बनाएका हौँ, यहाँ अझै धेरै जडीबुटीका बिरुवा लगाउने योजनामा छौँ ।”

गाउँपालिकाले जडीबुटी पार्कका लागि हालसम्म करिब रु सात लाखभन्दा बढी रकम खर्च गरिसकेको छ । पछिल्लो समय सोलेडाँडामा दैनिक सयौँ पर्यटक आउने गरेको स्थानीय तमबहादुर सिर्पालीले बताउनुभयो ।

गाउँपालिकाले पर्यटन पूर्वधारसहित सहिद पार्कलगायत पूर्वाधार निर्माणसँगै जडीबुटी पार्क बनाएपछि टाढाटाढाबाट अध्ययन अवलोकन गर्न आउनेको सङ्ख्यासमेत बढ्न थालेको उहाँको भनाइ छ । रासस