७ श्रावण २०८३, बिहीबार
,
Latest
उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’ एक वर्षमा एक हजार ८७६ मुद्दा दर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गरिने



अ+ अ-

काठमाडौँ। प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति अध्ययन गर्न छुट्टाछुट्टै उपसमिति गठन हुने भएका छन् ।

शुक्रवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिले उपसमिति गठन गर्ने निर्णय गरेको हो ।

समितिको बैठकले प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गर्ने निर्णय गरेको समिति सभापति समीक्षा बास्कोटाले बताउनु भयो । साथै बालसुधार केन्द्रको अवस्थाको अध्ययन गर्न पनि उपसमिति गठन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रहरी हिरासतमा रहेका कैदीबन्दीहरुको मानव अधिकार स्थिति बुझ्न संसदीय उपसमिति गठन गर्छौँ । बालसुधार केन्द्रहरुको अध्ययन गर्नको लागि पनि समिति गठन गर्नुपर्छ । यो उपसमितिमा बस्न चाहाने माननीयहरुले नाम टिपाइदिनुहोला ।’

समिति सभापति समिक्षा बास्कोटाले संसदीय उपसमितिमा बस्न चाहाने सांसदहरुलाई समिति सचिवालयमा नाम टिपाउन आग्रह गर्नुभयो । –न्युज एजेन्सी नेपाल