५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

डा केसीलाई शिक्षामन्त्रीको आग्रह : मुख्य माग पूरा भइसके अनसन तोड्नुहोस्

डा केसीलाई शिक्षामन्त्रीको आग्रह : मुख्य माग पूरा भइसके अनसन तोड्नुहोस्
अ+ अ-

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले अनशनरत डा गोविन्द केसीले उठाएका मुख्य माग पूरा भइसकेको भन्दै उहाँलाई अनशन तोड्न आग्रह गर्नुभएको छ ।

मन्त्रालयद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले डा केसीले उठाएका सबैजसो माग पूरा भइसकेको भन्दै चिकित्सा शिक्षा ऐन कार्यान्वयनमा सहयोग गर्न उहाँलाई अपिल गर्नुभयो । चिकित्सा शिक्षामा सुधारको माग राख्दै आएका डा केसी ६ दिनदेखि १७औँ पटक डडेल्धुरा पुगेर अनशन बसेका छन् । डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गए पनि सरकारले माग सम्बोधनमा पहल नगरेको भन्दै डा केसीका समर्थकले प्रदर्शन गर्दै आएका छन् ।

मन्त्री पोखरेलले भन्नुभयो, “अहिले सिङ्गो देश कालापानी र लिपुलेकलगायत नेपाली भू–भाग अतिक्रमणको बहसमा केन्द्रित भएको अवस्थामा अनशन तोडेर राष्ट्रियताको विषयमा केन्द्रित हुन आग्रह गर्दछु ।” कालापानी, लिपुलेकलगायत नेपाली भूभाग अतिक्रमणबारे भारतसँग कूटनीतिक रुपमा समाधानको माग गर्दै विभिन्न राजनीतिक भ्रातृ सङ्गठन, नागरिक समाज र युवाले विभिन्न सङ्घर्षका कार्यक्रम गर्दै आएका छन् । कालापानी, लिपुलेकलगायत नेपाली भूभागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरी भारतले हालै प्रकाशित गरेको नयाँ नक्साप्रति विरोध जनाउँदै आएका छन् ।

मन्त्री पोखरेलले शिक्षा नीति र विज्ञान प्रविधि नीतिको टुङ्गो लागिसकेको जानकारी दिनुभयो । उहाँले समग्र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभयो । शिक्षासम्बन्धी कार्यक्रममा भाग लिन मन्त्री पोखरेल आजै फ्रान्सको राजधानी पेरिस प्रस्थान गर्दै हुनुहुन्छ ।