१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन News Polar जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्बारे तथ्यमा आधारित प्रतिवेदन बनाउने समितिको प्रतिबद्धता

दश वडा कार्यालय अझै पनि स्वास्थ्य संस्थाविहीन

दश वडा कार्यालय अझै पनि स्वास्थ्य संस्थाविहीन
अ अ+ अ-

डोटी । जिल्लाका विभिन्न स्थानीय तहअन्तर्गतका १० वडाकार्यालय स्वास्थ्य संस्थाविहीन रहेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम जिल्लाका नौ स्थानीय तहका कूल ६५ वडामध्ये ५५ वडामा मात्रै मापदण्ड पुगेका स्वास्थ्य संस्था रहेका र पाँच स्थानीय तहका १० वडा कार्यालय स्वास्थ्य संस्थाविहीन रहेका स्वास्थ्य कार्यालयका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिए ।

उनका अनुसार ती १० वडामा सामुदायिक स्वास्थ्य एकाइ, शहरी स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र भए पनि मापदण्ड पूरा भएका आधारभूत स्वास्थ्य केन्द्र नरहेकाले स्वास्थ्य कार्यालयको रेकर्डमा १० वडा स्वास्थ्य संस्थाविहीन रहेका छन् । स्वास्थ्य संस्थाविहीन वडामा बडिकेदार गाउँपालिकाको वडा नं २, दिपायल सिलगढी नगरपालिकाको वडा नं ३, ४ र ७, आदर्श गाउँपालिकाको वडा नं ३, सायल गाउँपालिकाको वडा नं २, ५ र ६ तथा शिखर नगरपालिकाको वडा नं ३ र ८ रहेका स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत एवं सूचना अधिकारी महेश बोहराले जानकारी दिए ।

ती वडामा तत्काल स्वास्थ्य संस्था स्थापना गर्न स्वास्थ्य कार्यालयले सम्बन्धित स्थानीय तहसँग सिफारिश माग गरेको भए पनि हालसम्म कुनै ठाउँबाट पनि सिफारिश आइनसकेको र सिफारिश आएमा मन्त्रालयमा विवरण पेश गरी चालू आर्थिक वर्षभित्रै स्वास्थ्य संस्था स्थापनाका लागि पहल चालिने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।यसैबीच जिल्लाका विभिन्न स्थानीय तहले ३१ स्वास्थ्य संस्थाको स्थापना गरेका छन् । स्वास्थ्य कार्यालयका अनुसार सात स्थानीय तहले सामुदायिक स्वास्थ्य एकाइ, नगर स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्रका रूपमा ३१ स्वास्थ्य संस्था स्थापना गरेका छन् ।

तीमध्ये बडीकेदार गाउँपालिकाले पाँच, दिपायल सिलगढी नगरपालिकाले चार, आदर्श गाउँपालिकाले छ, सायल गाउँपालिकाले दुई, शिखर नगरपालिकाले तीन, जोरायल गाउँपालिकाले छ र बोगटान फुड्सिल गाउँपालिकाले पाँच स्वास्थ्य संस्था स्थापना गरेका छन् । ती स्थानीय तहहरुले आफ्नै लगानीमा व्यवस्थापन गर्ने गरी स्वास्थ्य संस्था स्थापना गरी सेवा दिन शुरु गरेका छन् ।