३१ श्रावण २०८३, आईतवार
,
Latest
मुस्ताङ प्रदेश अस्पतालको एम्बुलेन्स आफैँ बिरामी भदौमा अधिकांश वाणिज्य बैंकको निक्षेप ब्याजदर स्थिर, पाँच बैंकले घटाए इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी इन्डोनेसियाको भूकम्पमा जनधनको क्षतिप्रति परराष्ट्रमन्त्री खनालद्वारा दुःख व्यक्त जाजरकोेट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता बालेनप्रति ओलीको कटाक्ष– मादल बजाउन नजान्नेलाई मादल दिँदा राम्रो संगीत निस्कँदैन बिजुली उत्पादन बढ्यो, अब बजार कहाँ छ ? स्थानीय बजारमा सुनचाँदीको मूल्य बढ्यो शिक्षा ऐन निर्माणअघि सातै प्रदेशमा ‘शिक्षा संवाद’ कैलालीका सामुदायिक वनमा उत्पादनमुखी वृक्षरोपणलाई प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग सांसद अधिकारीको मागः किसानले १५ दिनभित्र भुक्तानी अनिवार्य रुपमा पाउने गरी कानूनी व्यवस्था गरियोस्



अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लिमा अधिकारीले किसानहरुको भुक्तानी १५ दिनभित्र अनिवार्य भुक्तानी हुनेगरी आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उखु किसान, दुध किसान लगायतको भुक्तानी वर्षौसम्म पनि हुन नसकिरहेको दृष्टान्त पेश गर्दै सरकारसँग उक्त माग गर्नुभएको हो ।

सांसद अधिकारीले किसानको पसिनाको मूल्य दिने कुरामा हिच्किचाउने कार्यले मुलुकलाई समृद्ध बनाउन नसक्ने तथ्यलाई पनि सरकारले हेक्का राखेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले किसानले समयमा आफनो वस्तुहरुको उचित मूल्य नपाउँदा युवाहरु उर्वर भूमि छोडेर विदेशिन बाध्य हुनुपरेकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘हाम्रो कृषि प्रदान देशमा आज किसानको आँशुले माटो भिजिरहेको छ । मकवानपुरका दुध किसानको मात्रै १४ करोड भन्दा बढी भुक्तानी दिन बाँकि छ । यो समस्या एउटा जिल्लाको मात्रै होइन सभामुख महोदय । देशभरका उखु, दुध, धानलगायतका धेरै उत्पादक किसानहरुको यो साझा समस्या हो । जव एउटा किसानले आफनो पसिनाको मूल्य पाउन महिनौ, वर्षौ कुर्नुपर्छ । तब उसले गाईभैसीको दाना र छोराछोरीको स्कुलको फि कसरी समयमा तिर्छ ? त्यसैकारण आज ऊर्जावान युवाहरु आफनो उर्वर जमिनलाई बाँझो छाडेर खाडीको मरुभूमि रोज्न बाध्य छन सभामुख महोदय । किसानको खल्ती रित्तो बनाएर देशमा समृद्धि कदापी ल्याउन सकिदैन । मुलुकमा खाद्यन्न मात्रै होइन सभामुख महोदय । खाद्य आत्मनिर्भरता चाहिएको छ । अत म सरकारसँग माग गर्दछु–किसानको भुक्तानी १५ दिनभित्र अनिवार्य फस्र्यौट गर्ने कानूनी ग्यारेन्टी गरियोस् ।’

सांसद अधिकारीले मुलुकमा खाद्य आत्मनिर्भरता चाहिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई सचेत गराउनु भयो ।