२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओएमएन सर्वे नहुँदा दाङको ‘प्रादेशिक अस्पताल’ समस्यामा



अ+ अ-

काठमाडौं ।  दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल हाल ५० शय्याको स्वीकृत छ ।

विसं २०६३ मा ५० शय्याको स्वीकृत पाएको अस्पतालले त्यसपछि शय्या र जनशक्ति थपको कुनै अनुमति पाएको छैन । बिरामीको चापलाई मध्येनजर गरी १४१ शय्या सञ्चालनमा छ ।

यसलाई २०० शय्याको बनाउने भनी अस्पतालले विसं २०८० मा सङ्गठन तथा व्यवस्थापन (ओएमएन) सर्वेक्षण पास गरिदिनका लागि प्रदेश सरकारसमक्ष पत्र पठाएको थियो ।

उक्त ओएमएन चार वर्षपछि पुनःअस्पतालमा फिर्ता आएको अस्पतालका प्रशासन प्रमुख हुकुमबहादुर वलीले जानकारी दिनुभयो । “बिरामीको चाप धेरै छ, हामीले शय्या बढाएर सेवा दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “चार वर्षदेखि हाम्रो ओएमएन सर्वेमा कुनै चासो नहुँदा समस्या भएको हो ।”

अस्पताललाई रेफर सेन्टरका रूपमा स्थापित गरिएको अवस्थामा सरकारले ओएमएन पास गर्नेतर्फ ध्यान नदिँदा अस्पताल नियमित र प्रभावकारी रूपमा सञ्चालनमा समस्या हुने गरेको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले बताउनुभयो ।

“म पद वहाल भएको भर्खंरै हो”, उहाँले भन्नुभयो, “तर, अहिले जनशक्तिको समस्या देखिएको छ, त्यसलाई समाधान गर्ने विषय मेरो जिम्मेवारीको हो, यसलाई मिलाउनतर्फ पूर्ण प्रतिबद्ध भएर लाग्नेछु ।”

दुई सय शय्या बनाउने उक्त सर्वेमा ५१५ जना चिकित्सक तथा कर्मचारीको प्रस्ताव गरिएको थियो । जसमा विशिष्टिकृत सेवा सुरु गर्नेगरी जनशक्ति माग गरिएको थियो ।

हाल अस्पतालमा ७४ जनाको मात्रै दरबन्दी रहेको अध्यक्ष लामिछानेले जानकारी दिनुभयो । जनशक्तिको कमी गर्दा बिरामीको चापलाई थेग्न निकै समस्या हुने गरेको उहाँले बताउनुभयो ।




भर्खरै