२८ भाद्र २०८३, आईतवार
,
Latest
सानीभेरीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, नौ जना घाइते बाणगङ्गा नदीमा फसेका १२ जनाको सकुशल उद्धार मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने… भोटेकोशी बाढीः अठार विद्यालयमा क्षति ट्रक दुर्घटनामा चालकको मृत्यु मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु जेन–जी आन्दोलनको पाठः वागमतीका सबै सरकारी भवनको बीमा गरिँदै ‘बुक फ्रि फ्राइडे’ र ‘स्किल इन एजुकेसन’ आगामी शैक्षिकसत्रदेखि लागू गर्ने तयारी बृहत् आँखा शिविरः एक हजार चार सय लाभान्वित बेनीका महिला प्रसूति सेवा लिन सधैँ स्वास्थ्य संस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो



अ+ अ-

काठमाडौं । टोखा नगरपालिका–७ स्थित धापासी–ग्रीनल्याण्ड आसपासका अतिक्रमित घर–टहरा हटाइएको छ । सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर–टहरा हटाएको हो ।

यसअघि १५ दिने सूचना जारी गरी अतिक्रमित घर–टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल भट्टराईले आज बिहानदेखि धापासी क्षेत्रमा सडक छेउ तथा सरकारी जग्गामा बनाइएका घर–टहरा, कम्पाउन्ड र अस्थायी संरचना हटाउने काम सुरु गरिएको जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत भट्टराईले अतिक्रमित जग्गा खाली गराउने अभियानअन्तर्गत उक्त कदम चालिएको बताउनुभयो । नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण नगर्न तथा कानुनी व्यवस्था पालना गर्न सबैलाई आग्रह गरेको छ ।