१२ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढीः एक प्रहरीसहित ५४७ जनाको शव फेला भोटेकोशी बाढीः मधेसका १५ जना परिवारको सम्पर्कमा प्रसूतिका क्रममा जटिलता देखिएपछि मन्दया कामीको हेलिकप्टरबाट उद्धार बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग विपदमा हामी के गर्न सक्छौ ? रवीन्द्र ढाँट रोड टू यूएफसी सिजन–५ को फाइनलमा प्रधानमन्त्री राहत कोषमा ८७ वर्षीया राणाद्धारा एक करोड ९ लाख सहयोग नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम नेप्किङको नयाँ म्युजिक भिडियो “तिमिलाई हसाउने” सार्वजनिक



अ+ अ-

काठमाडौँ : रेशम नेप्किङको म्युजिक भिडियो “तिमिलाई हसाउने” सार्वजनिक भएको छ। रेशम नेप्किङ अफिसियल युट्युब च्यानलमार्फत रिलिज गरिएको यस प्रस्तुतीलाई  नेप्किङले नै प्रस्तुत गरेका हुन्। सार्वजनिक भएसँगै भिडियोले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन थालेको छ।

म्युजिक भिडियोमा प्रमुख कलाकारका रूपमा रेशम नेप्किङ र प्रमिता राजघताने फिचर भएका छन्। भिडियोमा प्रेम, सम्बन्ध र भावनात्मक अनुभूति आकर्षक ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शकलाई सहजै जोड्ने प्रयास गरेको देखिन्छ।

गीतमा स्वर सुरेश लामा र अन्नु चौधरीले दिएका छन् भने शब्द तथा संगीत रबिन भुसालको रहेको छ। एरेन्जमेन्ट बिशाल निरौला तथा मिक्सिङ/मास्टेरिङ रेकर्डिस्ट रञ्जन राईले गरेका हुन्।

भिडियो निर्देशन विक्रम चौहानले गरेका छन्, जसले कोरियोग्राफीको जिम्मेवारी समेत सम्हालेका छन्। सिनेमाटोग्राफी महेश महराको रहेको छ भने सम्पादन स्टेशन बी. स्टार फिल्म्सले गरेको हो। कलर मिलान बिश्वकर्मा, मेकअप पूनम चौधरी तथा Dress Design भ्यालेन्टिनो द बुटिकको रहेको जानकारी दिइएको छ।

बी स्टार फिल्म्सको ब्यानरमा निर्माण गरिएको “तिमिलाई हसाउने” उच्च गुणस्तर (4K) मा सार्वजनिक गरिएको हो। सार्वजनिक भएसँगै भिडियोप्रति दर्शक तथा संगीतप्रेमीको उत्साह देखिएको छ।

रोमान्टिक भावनाले भरिएको यस गीत र भिडियोले नेपाली संगीत क्षेत्रमा राम्रो प्रभाव छोड्ने अपेक्षा गरिएको छ।