६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ विश्वविद्यालयकाे उपकुलपतिका लागि २१८ जनाकाे आवेदन, त्रिविमा सबैभन्दा बढी



अ+ अ-

काठमाडौं। विश्वविद्यालयहरूको उपकुलपतिका लागि मागिएको आवेदनमा २१८ जनाले निवेदन दिएका छन्।

शिक्षा तथा खेलकुद मन्त्रालयका अनुसार उपकुलपतिका लागि २१८ जनाको आवेदन परेको जानकारी दिएको छ ।

प्राप्त विवरणअनुसार सबैभन्दा बढी आवेदन त्रिभुवन विश्वविद्यालयमा परेको छ । त्रिविकाे उपकुलपति पदका लागि ५० जनाले आवेदन दिएका छन् ।

सबैभन्दा कम आवेदन भने लुम्बिनी बौद्ध विश्वविद्यालयमा परेको छ । साे विश्वविद्यालयमा ११ जनाले मात्रै उपकुलपति बन्न आवेदन दिएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयमा भने १५ जनाले मात्रै उपकुलपति बन्न आवेदन दिएका छन् ।

‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३ अनुसार मिति २०८३/०१/२५ मा प्रकाशित सूचनापछि अनलाइन माध्यमबाट विश्वविद्यालयका उपकुलपति पदका लागि कुल २१८ आवेदन प्राप्त भएका छन्,’ सूचनामा भनिएकाे छ ।