११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

समयअगावै राजदूत फिर्ता गर्दा १ करोड ५२ लाखभन्दा बढी खर्च, राज्यको व्ययभार बढेको महालेखाको निष्कर्ष

समयअगावै राजदूत फिर्ता गर्दा १ करोड ५२ लाखभन्दा बढी खर्च, राज्यको व्ययभार बढेको महालेखाको निष्कर्ष
अ अ+ अ-

काठमाडौं। सरकारले विभिन्न देशमा कार्यरत राजदूतलाई समयअगावै फिर्ता बोलाउँदा राज्यको व्ययभार बढेको पाइएको छ। महालेखापरीक्षकको पछिल्लो प्रतिवेदनले राजदूत नियुक्तिसम्बन्धी निर्देशिका, २०७५ मा पदावधि चार वर्ष तोकिएको भए पनि सो अवधि पूरा हुनुअगावै फिर्ता गर्दा उल्लेखनीय आर्थिक खर्च बढेको देखाएको हो।

सरकारले २०८१ जेठ २४ र २०८१ साउन १४ गतेको निर्णयअनुसार साउदी अरेबिया, कतार, चीन, मलेसिया, डेनमार्क, इजरायल, श्रीलंका, दक्षिण अफ्रिका, रसिया, भारत, अस्ट्रेलिया, बेलायत र संयुक्त राज्य अमेरिका सहित १३ देशका राजदूतलाई समयअगावै स्वदेश फर्काएको थियो।

महालेखापरीक्षकको विसट्ठिऔं वार्षिक प्रतिवेदन (२०८३) अनुसार ती राजदूतहरूको फिर्तीका क्रममा ढुवानी खर्च रु. ६१ लाख २५ हजार र बेलायतबाहेक १२ जना राजदूत तथा उनीहरूका परिवारको हवाई टिकटमा रु. ९१ लाख ५९ हजार खर्च भएको उल्लेख छ। यसरी कुल रु. १ करोड ५२ लाख ८४ हजार बराबर व्ययभार परेको प्रतिवेदनले देखाएको छ।

त्यसैगरी आर्थिक वर्ष २०८१/८२ मा नियुक्त भएका ११ मध्ये ९ राजदूतलाई समेत कार्यकाल पूरा नहुँदै २०८२ असोज २० भित्र फिर्ता बोलाइएको प्रतिवेदनमा जनाइएको छ।

महालेखापरीक्षकले राजदूतलाई समयअगावै फिर्ता गर्दा बीमा, हवाई टिकट र ढुवानी खर्च पुनः बेहोर्नुपर्ने भएकाले राज्यको व्ययभार थप बढ्ने जोखिम रहेको भन्दै यसतर्फ ध्यान दिन सरकारलाई सुझाव दिएको छ।