११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम

सिमी भ्यालीमा डढेलोको कहर, हजारौँ विस्थापित हुने जोखिम
अ अ+ अ-

काठमाडाैँ । अमेरिकाको लस एन्जलस नजिकैको सिमी भ्याली क्षेत्रमा सोमबार लागेको भीषण ब्रस फायर (घाँसे तथा झाडी क्षेत्रको आगलागी) तीव्र हावाका कारण तीव्र रूपमा फैलिँदा हजारौँ बासिन्दालाई घर छोड्न बाध्य पारिएको छ ।

आगलागी नियन्त्रणका लागि अग्निनियन्त्रकहरू सङ्घर्षरत रहँदा अधिकारीहरूले विभिन्न क्षेत्रमा आकस्मिक निकासी आदेश जारी गरेका छन् । लस एन्जलसको डाउनटाउन क्षेत्रबाट करिब ४० माइल अर्थात् ६० किलोमिटर उत्तरपश्चिममा रहेको सिमी भ्यालीमा सोमबार बिहान आगो सुरु भएको थियो । करिब एक लाख २५ हजार जनसङ्ख्या रहेको उक्त क्षेत्रमा आगो फैलिन थालेपछि स्थानीय प्रशासन र अग्नि नियन्त्रण निकाय उच्च सतर्कतामा पुगेका छन् ।

क्यालिफोर्नियाको अग्निनियन्त्रण निकाय क्यालफायरका अनुसार सोमबार साँझसम्म प्रतिघण्टा ३५ माइल अर्थात् ५६ किलोमिटरको गतिमा चलेको हावाले आगोलाई अझ फैलाउन मद्दत गरेको थियो । तीव्र हावाका कारण आगलागी छोटो समयमै एक हजार ३६४ एकड अर्थात् ५५२ हेक्टर क्षेत्रफलमा फैलिएको जनाइएको छ । आगलागीका कारण कम्तीमा एउटा घरमा क्षति पुगेको पुष्टि भएको छ ।

यद्यपि हालसम्म कुनै मानवीय क्षति वा घाइते भएको विवरण सार्वजनिक गरिएको छैन । अधिकारीहरूले आगो थप बस्ती क्षेत्रमा फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै सिमी भ्याली र छिमेकी सहर थाउजेन्ड ओक्सका केही भागमा तत्काल निकासी आदेश जारी गरेका छन् । त्यसैगरी उत्तरी लस एन्जलसका विभिन्न आवासीय क्षेत्रमा पनि निकासी चेतावनी जारी गरिएको छ । स्थानीय प्रशासनले बासिन्दाहरूलाई आवश्यक सामग्री तयारी अवस्थामा राख्न, सुरक्षासम्बन्धी सूचनामा ध्यान दिन र परिस्थिति बिग्रिएमा तुरुन्त सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

लस एन्जलसका मेयर करेन बासले पत्रकार सम्मेलनमार्फत निकासी चेतावनी जारी भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गर्नुभयो । उहाँले तत्काल घर छोड्न आवश्यक नभए पनि परिस्थिति जटिल बन्न सक्ने भएकाले पूर्वतयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । मेयर बासका अनुसार हालको अवस्थालाई हेर्दा आगो लस एन्जलस सहरसम्म पुग्ने सम्भावना कम देखिएको छ । तर मौसम र हावाको अवस्थाले परिस्थिति जुनसुकै बेला बदलिन सक्ने भएकाले सुरक्षा निकायले निगरानी र नियन्त्रण प्रयासलाई निरन्तरता दिएका छन् ।

सोमबार साँझतिर हावाको गति केही कमजोर भए पनि क्यालफायरले आगो नियन्त्रण अझै चुनौतीपूर्ण रहेको जनाएको छ । मौसम पूर्वानुमानमा उच्च तापक्रम, दिउँसोको कम आद्र्रता तथा भूभागबाट प्रभावित हावाले आगो निभाउने प्रयासमा कठिनाइ थपिरहेको उल्लेख गरिएको छ । अमेरिकाको पश्चिमी क्षेत्रमा पछिल्ला वर्षहरूमा जलवायु परिवर्तन, लामो खडेरी र अत्यधिक गर्मीका कारण यस्ता वन तथा झाडीजन्य आगलागीका घटना बढ्दै गएका छन् । क्यालिफोर्निया विशेष रूपमा हरेक वर्ष भीषण आगलागीको जोखिममा पर्ने क्षेत्रका रूपमा चिनिँदै आएको छ ।