१४ भाद्र २०८३, आईतवार
,
Latest
अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन स्थानीय प्रशासनको आग्रह सवारीसाधन उपलब्ध गराउन निर्माण व्यवसायीको अपिल आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर विपदमा सेलिब्रेटीहरुको उद्धारको नाटक, त्रिशुलीपारि पुगेन सरकार बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रमशक्ति पार्टीको प्रश्नः केन्द्रिय सरकार खोई ?



अ+ अ-

काठमाडाैँ । प्रतिपक्ष दल श्रमशक्ति पार्टी, नेपालले केन्द्रिय सरकारको जनतामाझ उपस्थिति नभएको भन्दै आपत्ति जनाएको छ । मंगलवार प्रतिनिधिसभा बैठकमा बोल्दै उक्त पार्टीका सांसद धु्रवराज राईले केन्द्रिय सरकार खोई ? भनि प्रश्न समेत गर्नुभयो ।

हावाहुरीका कारण गत चैत्रमा भोजपुरका ६५ वटा घर र ८ वटा स्कुलको छानो उडाएको यति धेरै समय हुँदा पनि सरकारले कुनै पनि राहत नदिएकोमा उहाँको आपत्ति थियो । सांसद राईले जनताको सो पीडालाई सम्बोधन गर्न सरकारलाई पुन दबाब दिनुभयो ।

उहाँले भन्नुभयो,‘केन्द्रिय सरकार खै ? चैत्रमा हावाहुरीको भत्काएको घरको बारेमा सरकारलाई अनुरोध गरेको थिएँ । आजसम्म पनि सरकारको कुनै पनि राहत ती घरहरुमा पुगेका छैन । त्यस्तै गरेर ८ वटा स्कुलका छानोहरु उडाएको छ । यसबारे मैले सदनमा सरकारलाई अवगत गराएको थिएँ । यस विषयमा गृहमन्त्रीलाई हामीले भेटेर भनेका थियौ । यो जनताको आवाजहरु नसुनेको कुराहरु अव चाँही सुन्ने हो कि भनेर उभौली साकेलाको शुभकामना दिनु चाहन्छु ।’

सांसद राईले पीडामा रहेका जनताको आवाज सरकार सुनुवाई नगरेको गुनासो पनि गर्नुभयो ।