३ असार २०८३, बुधबार
,
Latest
रास्वपाले गर्‍यो प्रथम राष्ट्रिय महाधिवेशनका लागि आधिकारिक लोगो सार्वजनिक प्रधानमन्त्रीको सीमा सम्बन्धि गलत अभिव्यक्ति सच्याउन सभामुखले अझै रुलिङ नगरेकोमा नेकपाको आपत्ति प्रधानमन्त्रीको अभिव्यक्तिबारे रुलिङको माग गर्दै विपक्षीको लगातार दबाब, सभामुखको भूमिकामाथि प्रश्न प्रधानमन्त्रीको अभिव्यक्ति र सभामुखको भुमिकाप्रति सांसद चन्द्रमोहन यादवको आपत्ति सरकारसँग हर्कराज राईको मागः सुकुम्बासीहरुको तत्काल पुनर्वासको व्यवस्था गरियोस् नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न समिति गठन प्रतिनिधिसभाको बैठक सुरु जनकपुरमा ‘ट्राफिक सप्ताह २०८३’ को शुभारम्भः सडक सुरक्षा र प्रविधिमैत्री अनुसन्धानमा जोड सुनचाँदीको मूल्यमा सामान्य गिरावट पैचोको नेसनल सेल्स समिट सम्पन्न, स्वदेशी उत्पादन प्रवर्धनमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

मानव वन्यजन्तु द्वन्द्व अन्त्यको प्रयासः मन्त्री चौधरीले २० वडामा नमूना परियोजना सुरु गर्ने



अ+ अ-

काठमाडौं । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन गरिएको छ । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि प्राविधिक समिति (टास्क फोर्स) गठन भएको हो ।

मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञको संयोजकत्वमा १५ सदस्यीय टास्क फोर्स गठन गरिएको हो । टास्क फोर्सले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन–अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन संशोधनका लागि सिफारिस गर्नेछ । त्यस्तै, सूचकका आधारमा २० वटा वडामा नमूना परियोजना छनोट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि टास्क फोर्सलाई दिइएको छ ।

संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयन गरिने तथा क्षतिग्रस्त बाली–नालीको राहत प्रणालीलाई सरल, प्रभावकारी र समयसापेक्ष बनाउन सुझाव दिने व्यवस्था पनि गरिएको छ । मन्त्री चौधरीले मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा आफू गम्भीर रहेको बताउँदै टास्क फोर्सले दिएको सुझावका आधारमा कार्य गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।