११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन

सर्वोच्चमा विवादः कामु प्रधान्याधीशको आदेश कर्मचारीले टेरेनन्

सर्वोच्चमा विवादः कामु प्रधान्याधीशको आदेश कर्मचारीले टेरेनन्
अ अ+ अ-

काठमाडौं । प्रधानन्यायाधीश सिफारिसको विषयलाई लिएर सर्वोच्च अदालतभित्रै विवाद चुलिएको छ । संवैधानिक परिषद्ले परम्पराविपरीत प्रधानन्यायाधीशमा नाम सिफारिस गरेको भन्दै उठेको असन्तुष्टिको प्रभाव अहिले सर्वोच्च अदालतको प्रशासनिक कामकारबाहीमै देखिन थालेको हो ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्को सिफारिसविरुद्ध दायर दरपिठ निवेदन दर्ता गरी पेसी तोक्न आदेश दिए पनि अदालत प्रशासनले उक्त आदेश कार्यान्वयन नगरेको आरोप लागेको छ । सोमबार रिट दर्ता गर्नुपर्ने समयमा अदालतका कर्मचारीहरूले कार्यकक्ष नै छाडेर हिँडेको दाबी गरिएको छ ।

संवैधानिक परिषद्ले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई सिफारिस नगरी वरिष्ठताक्रममा चौथो नम्बरमा रहेका डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । उक्त सिफारिसको वैधानिकतामाथि प्रश्न उठाउँदै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता गीता थापा र प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट दायर गरेका थिए । तर सर्वोच्च अदालत प्रशासनले वैशाख २५ गते ती रिट दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो ।

त्यसपछि रिट निवेदक त्रिपाठीले कामु प्रधानन्यायाधीश मल्लको ध्यानाकर्षण गराएपछि दरपिठविरुद्धको निवेदन सोमबार दिउँसो १ बजेसम्म दर्ता गरी मंगलबारका लागि पेसी तोक्न आदेश भएको थियो । तर लिखित आदेश जारी भए पनि त्यसको कार्यान्वयन नभएको त्रिपाठीले बताउनुभयो ।

उहाँले प्रस्तावित प्रधानन्यायाधीशसँग सम्बन्धित मुद्दामै न्यायिक परीक्षण रोक्ने प्रयास हुनु स्वतन्त्र न्यायपालिकामाथिको हस्तक्षेप भएको टिप्पणी गर्नुभयो । दरपिठविरुद्धको निवेदनसमेत दर्ता हुन नसक्नु नेपालको न्यायिक इतिहासमै अभूतपूर्व घटना भएको उहाँको भनाइ छ ।

त्रिपाठीका अनुसार कुनै पनि संवैधानिक वा कानूनी विवादलाई न्यायिक परीक्षणबाट बाहिर राख्न नमिल्ने स्पष्ट संवैधानिक सिद्धान्त हो । उहाँले न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशका लागि नभई नागरिकको अधिकार संरक्षणका लागि आवश्यक हुने उल्लेख गर्दै अहिले न्यायपालिकाभित्रै गम्भीर विचलन देखिएको बताउनुभयो ।

“कामु प्रधानन्यायाधीशले लिखित आदेश जारी गरिसक्नुभएको छ । तर अहिलेसम्म रिट दर्ता भएको छैन । यदि प्रस्तावित प्रधानन्यायाधीशकै निर्देशनमा दर्ता रोकिएको हो भने त्यो अत्यन्त गम्भीर विषय हो,” त्रिपाठीले भन्नुभयो, “कुनै पनि संवैधानिक प्रश्नको न्यायिक परीक्षण हुनैपर्छ । सर्वोच्च अदालत भनेको राज्यका सबै निकायका कामको संवैधानिकता परीक्षण गर्ने स्वतन्त्र संस्था हो ।”

उहाँले अदालत प्रशासनले कुनै लिखित कारणबिनै निवेदन दर्ता नगर्नु अपारदर्शी र गैरजवाफदेही कार्य भएको आरोप लगाउनुभयो । “कामु प्रधानन्यायाधीशको लिखित आदेशसमेत पालना हुँदैन भने न्यायिक प्रणालीमाथि जनविश्वास कसरी कायम रहन्छ ? अहिले न्यायपालिका, संविधान र नागरिक अधिकार सबै खतरामा छन्,” उहाँले भन्नुभयो ।

त्रिपाठीले न्यायपालिकाको स्वतन्त्रता कमजोर भए कार्यपालिकाको स्वेच्छाचारितामाथि अंकुश लगाउन नसकिने र विधिको शासनसमेत संकटमा पर्ने चेतावनी दिनुभयो ।

उहाँले नेपाल बार एसोसिएशन, कानूनी समुदाय, सञ्चारमाध्यम तथा नागरिक समाजलाई यो विषय गम्भीरतापूर्वक लिन आग्रह गर्नुभयो । भारतमा सन् १९७३ मा न्यायाधीशहरूको वरिष्ठता मिचिएको घटनापछि देशव्यापी कानूनी आन्दोलन भएको उदाहरण दिँदै नेपालमा पनि न्यायपालिकाको स्वतन्त्रताको पक्षमा आवाज उठाउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।