१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध

प्रतिनिधिसभा बैठक : संसद्मा व्यवस्थित समाचार सङ्कलन कक्ष व्यवस्था गर्न माग

प्रतिनिधिसभा बैठक : संसद्मा व्यवस्थित समाचार सङ्कलन कक्ष व्यवस्था गर्न माग
अ अ+ अ-

काठमाडौं  । संसद्मा समाचार सङ्कलन गर्ने पत्रकारका लागि सहज रुपमा काम गर्ने व्यवस्था गर्न सांसदले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद खगेन्द्र सुनारले संसदीय समाचार सङ्कलनमा खटिएका पत्रकारलाई घाममा बस्नुपर्ने, पानी पिउन नपाउने र शौचालय जाने समेत उचित व्यवस्था नभएकाले सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको हो ।

संसदीय मामिलामा समाचार सङ्कलन गर्ने पत्रकारका लागि नयाँ संसद् भवनमा स्थान अभाव छ । बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा मिडिया सेन्टरको व्यवस्था भए पनि अहिलेको भवनमा सहज व्यवस्था नभएपछि सांसदले संसद्मै यो विषय उठाएका हुन् । बानेश्वरमा संसद सञ्चालन हुँदा पनि मिडिया सेन्टरमै सुरक्षाकर्मी पनि बस्ने गर्दा हल्लाले समाचार सङ्कलन गर्न कठिन हुने गरेको थियो । सांसद खेमराज कोइरालाले पशुधन र पशु अधिकारको रक्षा गर्न आगामी वर्ष विशेष बजेट उपलब्ध गराउन माग गर्नुभयो । सांसद गणेश कार्कीले मोरङ क्षेत्र नं ३ को भूमि समस्या समाधान गर्न माग गर्नुभयो । सांसद गणेश धिमालले पर्यटकीय स्थल सिम्रौनगढको विकासका लागि त्यहाँ जाने सडकको मुआब्जा दिएर अलपत्र रहेको सडक निर्माण पूरा गर्न माग गर्नुभयो ।

सांसद गणेश पराजुलीले चक्रपथको काम लामो समयदेखि अलपत्र भएकाले छिटो काम गराउन माग गर्नुभयो । सांसद गणेश पौडेलले रौतहट क्षेत्र नं ४ मा बाग्मतीको कटानले पुर्जा भएको जग्गाका धनी पनि सुकुमवासी भएको सुनाउँदै ऐलानी जग्गामा बसेकालाई स्थानीय तहले छोड भनी सूचना टाँस गरेर आतङ्कित बनाएको बताउनुभयो ।

सांसद गणेशबहादुर विश्वकर्माले दासप्रथाको अवशेषका रुपमा रहेका हरुवाचरुवा आदिलाई १०० बुँदे कार्यक्रममा नराखिएकाले अहिले राजधानीमा आइपुगेको बताउनुभयो । उहाँले उनीहरुको समस्या समाधान गर्न माग गर्नुभयो । सांसद गणेशसिंह ठगुन्नाले दार्चुलाको दुम्लिङमा झोलुङ्गे पुल निर्माण गर्न माग गर्नुभयो । दार्चुलामा टावर जडानमा ढिलाइ भएकाले छिटो सञ्चार सेवा उपलब्ध गराउन उहाँले माग गर्नुभयो ।

सांसद गीता गुरुङले विद्यार्थी राजनीति अराजकता हो भने छानबिन सांसदहरुबाट नै सुरु गर्न र सत्तारूढ दलका नेतामाथि पनि उठेको प्रश्नको छानबिन गरी कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद गीताकुमारी सेन्दाङले आगामी वर्षको बजेट भुइँमान्छेलाई पनि छुने गरी ल्याउनुपर्ने माग गर्नुभयो । सांसद गोपाल शर्माले मध्यपहाडी लोकमार्गको रुकुम पश्चिम क्षेत्रका केही पुल अलपत्र भएकाले समयमै सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद गोविन्द पन्थीले बेरोजगार युवा रोजगारीका लागि विदेश गएर काम गर्दा विभिन्न खालका असहज अवस्थामा पर्दा त्यहाँस्थित नेपाली राजदूतावास मुकदर्शक बनेको बताउनुभयो । वैदेशिक रोजगारीमा गएर पीडित भई कानुनबमोजिम तोकिएको रकम प्राप्त गर्न पीडितले कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न माग गर्नुभयो । सांसद गङ्गा छन्त्यालले अपाङ्गता भएका दीपक भण्डारीले सामाजिक सञ्जालमार्फत इच्छा मृत्युको माग गरेकाले त्यस्तो किन आयो भनी छानबिन गरेर समस्या समाधान गर्न माग गर्नुभयो । सांसद गङ्गादेवी श्रेष्ठले प्रधामन्त्रीले काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा राखेको ग्रेटर नेपालको नक्सा कता गयो भनी प्रश्न गर्नुभएको थियो ।

मुस्ताङको युरेनियम खानी कसैलाई दिएको भनी सार्वजनिक भएकाले के हो भनी त्यसको वास्तविकता जनसमक्ष ल्याउनुपर्नेमा जोड दिनुभयो । सरकारमा रहेका मन्त्रीहरुले सार्वजनिक गर्नुभएको सम्पत्तिमा उल्लेख गरिएका सुनको बिल सार्वजनिक गर्न पनि सांसद श्रेष्ठले माग गर्नुभएको थियो ।

सांसद चन्दनकुमार सिंहले कृषि प्रधान देश भनिए पनि किसान सिँचाइ, मल र बीउबाट पीडित भएको, खेतीमा भविष्य नदेखेर युवा विदेशिएकाले कृषिमा आवश्यक व्यवस्था गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद कमल सुवेदीले दाङको टरिगाउँ विमानस्थल उपेक्षामा परेको बताउनुहुँदै त्यस क्षेत्रका सडक पनि दयनीय अवस्थामा रहेर दुर्घटना बढेकाले सडक बनाउन पर्याप्त बजेटको व्यवस्था गर्न माग गर्नुभयो ।

सांसद कुलभक्त शाक्यले काठमाडौँको सामाखुसी, रानीबारी क्षेत्रमा चार मिटरको मापदण्डका नाममा सरकारले डोजर लगाएर हटाउन खोजेकाले ज्येष्ठ नागरिकको पनि बिचल्ली भएको बताउँदै भूमिहीन सुकुमवासीका समस्या समाधान गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद ऐनबहादुर महरले बझाङका भुवन बोहरा नवलपरासीमा दुर्घटनामा परी निधन भएकाले सडक दुर्घटना न्यूनीकरणलाई प्राथमिकता दिने किसिमको व्यवस्था गर्न माग गर्नुभयो ।