१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध

पूर्वाधार विकासका लागि निजी क्षेत्र र डायस्पोराको पुँजी परिचालन गर्न सांसद गजुरेलको जोड

पूर्वाधार विकासका लागि निजी क्षेत्र र डायस्पोराको पुँजी परिचालन गर्न सांसद गजुरेलको जोड
अ अ+ अ-

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आशिष गजुरेलले मुलुकको पूर्वाधार विकासका लागि आन्तरिक राजश्व पर्याप्त नभएकाले निजी क्षेत्र र डायस्पोराको पुँजी परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद गजुरेलले पूर्वाधार निर्माणका लागि नीतिगत र प्रक्रियागत स्पष्टता आवश्यक रहेको बताउनु भयो । सांसद गजुरेलले आगामी आर्थिक वर्षको पूर्वाधार विकासका लागि विनियोजन गरिने सम्भावित ४ खर्ब रुपैयाँको बजेटले मुलुकको बढ्दो माग धान्न नसक्ने उल्लेख गर्नुभयो ।

विदेशमा रहेका नेपालीहरू लगानी गर्न इच्छुक भएपनि सरकारले उपयुक्त वातावरण बनाउन नसकेको उहाँको टिप्पणी छ । निजी क्षेत्रले मुनाफा र लगानीको सुरक्षा सुनिश्चित नभई पूर्वाधारमा लगानी नगर्ने हुँदा उनीहरूलाई विश्वासमा लिन सरकारसँग माग गर्नुभयो ।

लगानी बोर्डको प्रभावकारितामाथि प्रश्न उठाउँदै सांसद गजुरेलले बोर्डको पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो । प्रधानककमन्त्रीको अध्यक्षतामा रहेको शक्तिशाली निकाय भए पनि बोर्डले अपेक्षित डेलिभरी दिन नसकेको उहाँको आरोप छ । निजी क्षेत्रलाई आकर्षित गर्न लगानी बोर्ड ऐनमा उल्लेखित ‘भायबिलिटी ग्याप फन्डिङ’ लाई तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने उहाँले बताउनु भयो ।

यसैगरी, पूर्वाधार विकासमा निजी क्षेत्रलाई सहभागी गराउन राजश्व ग्यारेन्टी, ट्राफिक ग्यारेन्टी, बाई ब्याक ग्यारेन्टी र सहुलियतपूर्ण ऋण जस्ता विधिहरूमा सरकार स्पष्ट हुनुपर्ने उहाँको सुझाव छ । सांसद गजुरेलले ‘प्रोजेक्ट बैंक’ मा रहेका आयोजनाहरूलाई ‘रेडी टु गो’ (कार्यान्वयनका लागि तयारी) अवस्थामा राख्न र निजी लगानीकर्ताका लागि उपयुक्त आयोजनाहरूको अध्ययन गरी तयारी अवस्थामा राख्न समेत आग्रह गर्नुभयो । एकीकृत पूर्वाधार अन्तर्गत सडक, हवाई, ऊर्जा र डिजिटल पूर्वाधारको विकासलाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले जलवायु अनुकूल र उत्थानशील पूर्वाधार निर्माणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनु भयो ।