२८ भाद्र २०८३, आईतवार
,
Latest
कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरलानाका डिप बोरिङ प्रविधिबाट खानेपानी



अ+ अ-

काठमाडाैँ । उत्तरी कोरलानाकामा डिप बोरिङ प्रविधिमार्फत खानेपानी निकालिएको छ । लोमान्थाङ गाउँपालिकाको पहलमा उक्त विधिबाट गरिएको परीक्षण सफल भएको हो ।

समुद्री सतहको (४६१०) मिटरको उचाइमा अवस्थित नेपाल–चीन सिमानामा पर्ने कोरलानाकाको दशगजा क्षेत्र सुक्खा पठार क्षेत्र हो । यही सीमावर्ती क्षेत्रको ट्रान्जिट प्वाइन्ट २४ नं सीमास्तम्भ नजिकै डिप बोरिङमार्फत खानेपानी निकालिएको हो । उक्त कार्यका एसियन कन्ट्रक्सन एण्ड ड्रिलिङ कम्पनी दोलखासँग रु ३० लाख बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत न्युटर्न लम्सालले जानकारी दिनुभयो ।

पठारको जमिन खनेर पाइपलाइनमार्फत नौ दिनको प्रयासमा परीक्षण सफल भएको हो । डिप बोरिङ प्रविधिबाट पानी निकालेपछि स्थानीय व्यापारीलाई सहज भएको छ । डिप बोरिङमार्फत पानी निकालिएपछि गाउँपालिकाका जनप्रतिनिधि कोरलानाका पुगेका थिए ।

यसअघि कोरलानाका व्यापारी पानीका लागि सीमापारी चीनबाट सहयोग माग्दै आएका थिए भने केही व्यापारीले १६ किमी दूरीको लोमान्थाङ–१ न्हेचुङबाट ट्याक्टरमार्फत ढुवानी गर्दै आएका थिए । नाकामा खानेपानी व्यवस्था भएपछि व्यापारी, पर्यटक तथा चालकलाई ठूलो सहयोग पुगेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो । खानेपानी सम्बन्धित निकायमा परीक्षण गरिने छ ।