१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar छ वर्षमा दुईपटक आगलागी, दोभानवासीको फेरि बिचल्ली News Polar बाढीपहिरोले धवलागिरि क्षेत्रमा सडक सञ्जाल विच्छेद News Polar चोलेन्द्र प्रकरण: आज सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने News Polar बागलुङमा पहिरोमा १० जनाको मृत्यु, एक बेपत्ता News Polar टेक्सासको अस्टिनमा भव्य रूपमा इन्द्रजात्रा मनाइयो-फोटो फिचर News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध

पोखराको अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका ५३ टहरा हटाइए (तस्बिरसहित)

पोखराको अमरसिंह माध्यमिक विद्यालयको जग्गामा रहेका ५३ टहरा हटाइए (तस्बिरसहित)
अ अ+ अ-

पोखरा महानगरपालिका वडा नं. १२ स्थित अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा विगत तीन दशकदेखि सञ्चालित अस्थायी संरचनाहरू हटाइएको छ ।

विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका ५३ वटा व्यवसायिक टहराहरू पूर्ण रूपमा खाली गरिएको हो । यसअघि विद्यालय प्रशासनले पटक–पटक सूचना जारी गरी जग्गा खाली गर्न आग्रह गरे पनि व्यवसायीहरूले त्यसको अवज्ञा गर्दै आएका थिए । सोही विवादका क्रममा व्यवसायीहरूले अदालतमा मुद्दासमेत दायर गरेका थिए ।

तर अदालतले विद्यालयकै पक्षमा फैसला सुनाएपछि विद्यालयले पुनः १५ दिने सूचना जारी गरेको थियो । सूचनाको म्याद समाप्त हुन लाग्दा पोखरा महानगरपालिकाका प्रमुख र व्यवसायीहरूबीच भएको छलफलपछि टहरा हटाउन ४ गतेसम्मको अन्तिम समयसीमा तोकिएको थियो । सोही सहमति बमोजिम व्यवसायीहरूले आफ्ना सामानहरू सुरक्षित रूपमा स्थानान्तरण गरी टहराहरू खाली गरेका हुन् । लामो समयदेखि विद्यालयको जग्गामा रहेका यी संरचनाहरू हटेसँगै उक्त जग्गा अब विद्यालयको पूर्ण स्वामित्व र उपयोगमा आएको छ । –न्युज एजेन्सी नेपाल