२९ श्रावण २०८३, शुक्रबार
,
Latest
झापाको कनकाइमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी कारागार सुधार र राजनीतिक सहमति कार्यान्वयनमा सरकार प्रतिवद्ध छः कानूनमन्त्री गौतम मन्त्री बादी र युएनएफपीए प्रतिनिधिबीच भेटवार्ता, महिला तथा सीमान्तीकृत समुदायको सशक्तीकरणमा सहकार्य गर्ने प्रतिबद्धता कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौंः गृहमन्त्री गुरुङ एकैपरिवारका तीन जना पुर्पक्षका लागि कारागार चलान स्वदेशकै श्रमबजारलाई आकर्षक बनाउनुपर्छः मन्त्री यादव तातोपानी नाका २६ दिनदेखि ठप्प, चीनतर्फ र नेपालमा गरी २० अर्बभन्दा बढीको सामान रोकियो जेनजी आन्दोलनका निर्दोषमाथि अन्याय हुँदैन र दोषीलाई छुट दिइन्नः गृहमन्त्री नीति निर्माणमा निजी क्षेत्रलाई ‘साक्षी’ मात्र नबनाउन महासंघ अध्यक्ष श्रेष्ठको आग्रह नयाँ नेतृत्वसँगै नेपाली क्रिकेटमा नयाँ युगको शुरुवातः मुख्य प्रशिक्षक स्टुअर्ट ल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवा पुस्ताको भावना सम्बोधन गर्न संविधान संशोधन आवश्यकः उपसभापति शर्मा



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको समृद्धि र नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न संविधान संशोधनको प्रक्रियालाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने बताउनुभएको छ।

पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा आयोजित कार्यक्रममा बोल्दै उहाँले बदलिँदो समय, नागरिक अपेक्षा र युवा पुस्ताको चाहनाअनुसार संविधानलाई समयसापेक्ष बनाउँदै लैजान आवश्यक रहेको उल्लेख गर्नुभयो। वर्तमान परिस्थितिमा उठिरहेका प्रश्न र अपेक्षालाई सही ढङ्गले सम्बोधन गर्न नसके आगामी दशकमा मुलुकले गम्भीर संकटको सामना गर्नुपर्ने चेतावनी पनि उहाँले दिनुभयो।

उपसभापति शर्माले संविधान संशोधनलाई दलगत स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सहमतिका आधारमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो। आवेग र आग्रहभन्दा माथि उठेर नागरिक तथा युवा पुस्ताको भावनालाई केन्द्रमा राखी संविधान परिमार्जन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

उहाँले नेपाली काँग्रेसले संविधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा गृहकार्य गर्न उपसभापति पुष्पा भुसाल को नेतृत्वमा विज्ञ टोली परिचालन गरेको जानकारी दिनुभयो। यस प्रक्रियामा पार्टीभित्र र बाहिरका बौद्धिक व्यक्तित्व, आलोचक तथा आम नागरिकबाट रचनात्मक सुझाव अपेक्षा गरिएको उहाँको भनाइ थियो।

युवा पुस्ताको अपेक्षा पूरा गर्न नसकिए भविष्यमा असन्तोष र विद्रोहको अवस्था सिर्जना हुनसक्ने उल्लेख गर्दै शर्माले भन्नुभयो, “अहिलेका युवाको आशालाई विश्वासमा बदल्न सकिएन भने १० वर्षपछिको अवस्था भयावह हुन सक्छ। अहिलेको अल्फा जेनेरेसन वयस्क हुँदा फेरि नयाँ विमति र विद्रोह लिएर सडकमा उभिने वातावरण बन्न दिनु हुँदैन।”

उहाँले लोकतन्त्र र विकास आजको युवा पुस्ताको मुख्य चाहना रहेको उल्लेख गर्दै लोकतान्त्रिक व्यवस्थाभित्र रहेर यी दुवै लक्ष्य हासिल गर्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो। देश सबैको साझा आँगन भएकाले सरकार र प्रतिपक्ष दुवैले जिम्मेवार ढंगले भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता पनि उहाँले औंल्याउनुभयो।