२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाको मुख्य सचिवमा प्रा.डा. जयन्तनाथ खनाल मनोनीत



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मुख्य सचिव पदमा प्रा.डा. जयन्तनाथ खनाल मनोनयन हुनुभएको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानअनुसार उहाँलाई उक्त जिम्मेवारी प्रदान गर्नुभएको हो।

प्रा.डा. खनाल लामो समयसम्म त्रिभुवन विश्वविद्यालयमा कार्यरत रहनुभएको थियो। उहाँ हाल राप्रपाको केन्द्रीय कार्यसमितिका सदस्य हुनुका साथै पार्टीसम्बद्ध प्राज्ञिक परिषद्को अध्यक्षको जिम्मेवारीसमेत सम्हालिरहनुभएको छ।

राप्रपाले डा. खनालको शैक्षिक तथा संगठनात्मक अनुभवले पार्टीलाई थप सुदृढ र प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।