५ असार २०८३, शुक्रबार
,
Latest
रास्वपा सांसदहरूले गभर्नर पौडेललाई सोधे–दुई तिहाई बहुमतको सरकारले निजी क्षेत्रमैत्री बजेट ल्याउँदा पनि कर्जा विस्तार… नयाँ चलचित्र ऐनलाई समयसापेक्ष र व्यावहारिक बनाउन सरकार प्रतिवद्ध छः सञ्चारमन्त्री तिमिल्सिना राष्ट्रियसभा : विस्थापित सुकुम्बासीलाई खान, बस्न र औषधापचारको व्यवस्था गर्न माग अर्थमन्त्री वाग्लेद्वारा वैदेशिक ऋण बाध्यता भएको स्पष्टिकरण, उत्पादनमूलक क्षेत्रमा लगानी भएकाले नआत्तिन आग्रह सरकारद्वारा १० मेगावाटसम्मका जलविद्युत् परियोजनाको पीपीए खुला, साना तथा मझौला आयोजनामा लगानी प्रवर्द्धन गर्ने लक्ष्य बैंकिङ संकट व्यवस्थापनका लागि राष्ट्र बैंकलाई ‘एकै रातमा निर्णय गर्ने’ विशेष अधिकार आवश्यक छ: गभर्नर… कक्षा १२ को नतिजा ४० दिनमै सार्वजनिक, सुशासन र शैक्षिक सुधारको महत्वपूर्ण उपलब्धि हाे: शिक्षामन्त्री… गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड सङ्घीय अस्पताल भरतपुर अस्पतालमा बिरामी चाप बढ्दो ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्पताल सञ्चालनका विषयमा देखिएको विवादप्रति मन्त्रालयको ध्यानाकर्षण



अ+ अ-

सुदूरपश्चिम। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले कैलालीको लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालनमा देखिएको विवादप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले आज विज्ञप्ति जारी गरी लम्कीचुहा प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा स्थलगत अनुगमन एवं वस्तुस्थिति बुझ्न खटिएको मन्त्रालयको टोलीमा सहभागी प्रतिनिधिमाथि गरिएको अनुचित व्यवहारप्रति दुुःख व्यक्त गरेको छ ।

अस्पताल सञ्चालन व्यवस्थापनका विषयमा आइरहेका समाचारबाट प्रभावित नहुन आग्रह गर्दै मन्त्रालयले प्रदेश सरकारको निर्णयअनुसार प्रचलित ऐन तथा नियमावलीबमोजिम लम्कीचुहा प्रादेशिक अस्पतालको आर्थिक र भौतिक विषयका साथै जनशक्ति व्यवस्थापन गर्ने कार्यमा प्रतिबद्ध रहेको जनाएको छ ।

समस्याको समाधान टकरावबाट नभई सहकार्य र संवादबाट सम्भव हुने र अस्पतालजस्तो संवेदनशील क्षेत्रमा स्वास्थ्य सेवा प्रभावित नहुने वातावरण बनाउन सबैमा अनुरोध गर्दै अस्पताल सञ्चालनका लागि मेडिकल सुपरिटेन्डेन्टसहितका कर्मचारी खटाइसकिएकाले केही दिनभित्रमा सेवा सञ्चालन गरी नागरिकलाई सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको पनि मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।

पन्ध्र शय्याको लम्कीचुहा नगर अस्पताललाई ५० शय्याको प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्न थालिएको प्रक्रियामा केही महिनादेखि प्रदेश सरकार र नगरपालिकाबीच विवाद देखिएको हो ।

सो नगरपालिकाकी प्रमुख सुशीला शाहीले पालिका तहको स्वायत्ततामाथि प्रदेश सरकारले हस्तक्षेप गरेको दाबी गर्दै आउनुभएको छ । उक्त अस्पतालका लागि प्रदेश सरकारले चालु वर्षमा रु चार करोड बजेट विनियोजन गरेको छ । रासस




भर्खरै