२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद
अ अ+ अ-

धादिङ।  फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा अवैध लागुपदार्थ अफिम र हतियार बरामद गरेको छ ।

दक्षिणी धादिङको बेनीघाट रोराङ गाउँपालिका–२, होवाङबाट ५१ किलो ९८० ग्राम शुद्ध अफिम बरामद गरिएको हो ।

अफिम र अवैध भरुवा बन्दुकसहित सोही ठाउँ बस्ने ३५ वर्षीय वीरबहादुर तामाङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो । प्रतिवादी खोज्ने क्रममा लागुऔषधको ठूलो कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले तामाङको घरमा खानतलासी गरेको थियो ।

प्रहरी नायब उपरीक्षक दाहालले भन्नुभयो, “गजुरी प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक सुरज कार्कीको कमाण्डमा खटिएको टोलीले तामाङको घर र गोठमा छापा मारेको थियो ।

खानतलासीका क्रममा बाख्रा बाँध्ने गोठभित्र लुकाएको अवस्थामा ४ फिट ६ इञ्च लामो एक थान भरुवा बन्दुक र दुई थान डिजिटल तराजु फेला परेको थियो ।

तामाङ सुत्ने कोठाको ओछ्यान नजिकै पाँच वटा प्लास्टिकका बाल्टीमा भरिएको अवस्थामा अफिम जस्तो देखिने कालो लेदो पदार्थ फेला परेको हो ।”

स्थानीय जनप्रतिनिधिहरूको रोहबरमा तौल गर्दा खुद तौल ५१ किलो ९८० ग्राम पुष्टि भएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । पक्राउ परेका तामाङ यसअघि लागुऔषध मुद्दामा संलग्न रही फरार रहँदै आएका प्रतिवादी हुन् ।

बरामद लागुऔषध र हतियारसहित उनलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखी लागुऔषध र अवैध हातहतियार खरखजानासम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि जिल्ला अदालत धादिङबाट म्याद थप गरी उनलाई हिरासतमा राखिएको छ । प्रहरीले होवाङबाटै अन्य दुई थान भरुवा बन्दुकसहित २८ वर्षीय विराज तामाङ र सानोकान्छा तामाङलाई आआफ्नै घरबाट पक्राउ गरी थप कारबाही अघि बढाएको छ ।

दुवै जनालाई आआफ्नै घरबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिनुभयो । रासस