९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्की प्रहरीद्वारा एकैदिनमा २७ फरार प्रतिवादी पक्राउ



अ+ अ-

गण्डकी।  जिल्ला प्रहरी कार्यालय कास्कीले आज जिल्लाका विभिन्न स्थानबाट २७ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

विभिन्न मुद्दामा अदालतको फैसलाबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिवादीलाई कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा २० जना पुरूष र सात महिला रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार चेक अनादर कसुरमा १२, सार्वजनिक अनादर कसुरमा पाँच, अंश मानाचामाल कसुरमा चार, बिगो लेनदनसम्बन्धी कसुरमा दुई, बैंकिङ कसुरमा दुई, सवारी ज्यान कसुर र अभद्र व्यवहारसम्बन्धी कसुरमा एक–एक जना पक्राउ परेका हुन् ।

पक्राउ परेकाबाट चार वर्ष १५ दिन कैद सजाय र रु ४८ लाख एक हजार १८० जरिवाना असुल हुनेगरी कास्की जिल्ला अदालतमा बुझाइएको प्रनाउ बस्नेतले जानकारी दिनुभयो । पछिल्लो समय कास्की प्रहरीले फरार प्रतिवादीलाई धमाधम पक्राउ गर्दै आएको छ । रासस