२ भाद्र २०८३, मंगलवार
,
Latest
एनएसएसएफ र कराते महासंघबीच सम्झौता भारतको कर्नाटक विरुद्ध नेपालको सानदार जित सरकार र दुर्गा प्रसाईं नेतृत्वको महाअभियानबीच औपचारिक वार्ता सुरु सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार सरकारको प्राथमिकतामा छ : शिक्षामन्त्री पोखरेल रेडक्रस सोसाइटीको जग्गा खरिदमा अनियमितता, ठगी गरेको आरोपमा ५ जना पक्राउ प्रदेशसभा सदस्य देउवा पदमुक्त ‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

एन्फामाथिको निलम्बन बिनाशर्त फुकुवा



अ+ अ-

काठमाडौँ। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)माथिको प्रतिबन्ध आज फुकुवा गरेको छ ।

एन्फाका प्रवक्ता सुरेश साहले राखेपको निलम्बन बिनाशर्त फुकुवा गरेको जानकारी दिनुभयो ।

उहाँले शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राखेपका सदस्यसचिव रामचरित्र मेहता, मन्त्रीका प्रमुख खेलकुद सल्लाहकार सिद्धि व्यञ्जनकार, एन्फा महासचिव किरण राईलगायतले आज छलफल गरेपछि राखेपले निशर्त निलम्बन फुकुवा गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

पङ्कजविक्रम नेम्वाङ नेतृत्वको एन्फालाई यसअघि राखेपले तीन महिनाका लागि निलम्बन गरेको थियो । तहगत निर्वाचनसहित विधान संशोधन गर्न दिएको निर्देशनलाई एन्फाले अवज्ञा गरेको भन्दै राखेपले गत चैत ११ गते निलम्बन गरेको थियो ।

त्यसअघि राखेपले पटकपटक निर्देशन गरे तापनि एन्फाले गत चैत १३ गते निर्वाचन गर्ने आडान लिएपछि राखेपले निलम्बन गर्ने निर्णय गरेको थियो ।