११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

निश्चललाई आरम्भको सम्मान

निश्चललाई आरम्भको सम्मान
अ अ+ अ-

काठमाडौँ। दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपका पदक विजेता निश्चल थापा क्षेत्रीलाई गोल्कुपाखास्थित आरम्भ संस्कार विद्यालयले शुक्रबार सम्मान गरेको छ ।

भारतको सिम्लामा अप्रिल ८ देखि ११ तारिखसम्म भएको उक्त प्रतियोगितामा निश्चलले समान १–१ रजत र कांस्य पदक जितका थिए । उनले यु–१५ ब्वाइज डबल्समा रजत र यु–१५ ब्वाइज टिम इभेन्टमा कांस्य जितेका थिए ।

आरम्भका प्रिन्सिपल नरेशप्रसाद श्रेष्ठ र भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले निश्चललाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

सोही अवसरमा दक्षिण कोरियाको इन्चोनमा हुने इन्टरनेसनल क्रिस्टियन टेबलटेनिस प्रतियोगितामा सहभागी हुने प्राज्ना महर्जनलाई पनि बिदाइ गरिएको थियो । निश्चल कक्षा ९ र प्राज्ना कक्षा ७ मा आरम्भमै अध्ययनरत छन् । आरम्भले दुवैलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

मे २७ तारिखमा हुने उक्त प्रतियोगितामा नेपालबाट प्राज्नासहित ६ खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । अन्य खेलाडीमा हिमाल विष्ट, योङगी पौडेल, सुरम्य शाक्य, रिजन शाक्य र रिभानमुनि वज्राचार्य रहेका छन् । प्रतियोगिताअघि खेलाडीले इन्चोनमै मे १६ देखि २६ तारिखसम्म याङ योङजा टेबलटेनिस मिसन इन्टरनेसनल क्याम्पमा सहभागी हुने छन् । टोली शनिबार प्रस्थान गर्ने छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल श्रेष्ठले निश्चलको सफलताले विद्यालयको मात्र नभइ सिंगो राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गरेको बताउदै आरम्भले प्रतिभावन खेलाडीलाई खेल यात्रा अगाडि बढाउन सहज होस् भन्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्दै आएको बताए । उनले प्राज्नालाई पनि सफलताका लागि शुभकामना दिए ।

भाइस प्रिन्सिपल दिनेश श्रेष्ठले आरम्भले विद्यार्थीको चौतर्फी विकासका लागि शिक्षाका अलावा खेलकुदसंगै अन्य क्रियाकलाप पनि विशेष जोड दिइरहेको बताए । रासस