२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

जापानमा ६.७ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प, पाँच प्रान्तमा धक्का महशुस



अ+ अ-

टोकियो। जापानको मियागी तटमा ६.७ म्याग्नीच्यूडको भूकम्प गएको र यसको असर देशका पाँच प्रान्तमा महरूस गरिएको छ।

भूकम्पपछि सुनामीको कुनै खतरा नदेखिए पनि रेल सेवा स्थगित गरी र भूकम्पपछि पराकम्पन आउने सम्भावनालाई मध्यनजर गर्दै प्रशासनले उच्च सतर्कता अपनाएको छ। भूकम्पपछि भएका हुनसक्ने क्षतिको विवरण सङ्कलन गर्न प्रशासनले स्थानीय निकायहरूलाई निर्देशन दिएको छ।

निर्देशन पालना गर्न र भूकम्प जोखिममा रहेका क्षेत्रमा यात्रुलाई थप सावधानी अपनाउन अधिकारीहरुले आग्रह गरेका छन् ।

जापानको मियागी क्षेत्रमा शुक्रबार शक्तिशाली भूकम्प गएको हो । सरकारले ६.७ म्याग्नीच्यूडको भूकम्पपछि सावधानीका लागि पाँच प्रान्तमा आपतकालीन चेतावनी जारी गरेको छ । यद्यपि भूकम्पपछि सुनामीको कुनै पनि खतरा नभएको मौसमविद्हरूले जानकारी गराएका छन् ।

भूकम्प स्थानीय समयअनुसार राति ८ः२२ बजे गएको र भूकम्पको केन्द्रविन्दु मियागी प्रान्तको तटीय क्षेत्रमा ४३ किलोमिटर गहिराईमा रहेकोे जनाइएको छ । अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले सुरुमा ६.६ माग्निच्युडको भूकम्प गएको बताएको थियो ।  (रासस/एएफपी)