६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar दक्षिण कोरियाका राष्ट्रपतिको सचिवालय प्रमुखद्वारा राजीनामा घोषणा News Polar भरतपुरमा ‘ट्राफिक लाइट’ राख्ने काम सुरु News Polar डाटा सेन्टरको प्राविधिक समस्यापछि नेप्सेमा कारोबार स्थगन भएकोबारे अध्ययन गर्न धितोपत्र बोर्डको निर्देशन News Polar फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई होटल र रेष्टुराँमा छुट News Polar कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar बिरामीको चाप बढेपछि डायलाइसिस क्षमता विस्तार News Polar आर्थिक उन्नयनमा वन : १७ करोड २३ लाखको कारोबार News Polar परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता News Polar प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै News Polar परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता News Polar अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल News Polar न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता News Polar पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल News Polar सेखुवाका नागरिकलाई गाउँमै स्वास्थ्य सेवा News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची News Polar एमाले केन्द्रीय कमिटीको दोस्रो दिन : आज मनोनयसँगै केन्द्रीय सदस्यले धारणा राख्ने क्रम सुरु हुने News Polar घुम्ती गोठमा रमाएका टीकाजीत News Polar शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

सरकारी गाडीको दुरुपयोग बढेकोमा सभापति देउवाको आ’पत्ति

सरकारी गाडीको दुरुपयोग बढेकोमा सभापति देउवाको आ’पत्ति
अ+ अ-

कञ्चनपुर । नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आ’चारसंहिता उ’ल्लङ्घन रोकिनुपर्ने बताउनुभएको छ । पुनर्वास नगरपालिका–३ मा आयोजित वडाध्यक्षको उपनिर्वाचनको चुनावी कार्यक्रममा उहाँले उपनिर्वाचनका बेला सरकारी गाडीको दु’रुपयोग बढेकाले तत्काल रोकिनुपर्ने बताउनुभयो ।

काङ्ग्रेसका तर्फबाट वडाध्यक्षमा चुनावी मैदानमा रहेका दीप तामाङको चुनावी प्रचारप्रसारका लागि पुग्नुभएका सभापति देउवाले वडाका सबै सडक कालोपत्रे गर्ने कार्यसँगै यस क्षेत्रको समृद्धिका लागि कार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो । पार्टीका उम्मेदवार तामाङलाई विजयी बनाउन सबै वडावासीको सहयोगको खाँचो रहेको उहाँले बताउनुभयो ।

यसैबीच, बेलडाँडी गाँउपालिकाको चवन्नी बजारमा आयोजित पार्टी कार्यकर्ता भेटघाटमा पूर्वप्रधानमन्त्री देउवाले हुलाकी सडक निर्माणको कार्य आफ्नै कार्यकालमा प्रारम्भ गरिएको बताउनुभयो ।

“विकास निर्माण, सुशासनका कार्य अगाडि बढाउन सरकारले चासो दिए हामी सघाउन हामी तयार छौँ”, उहाँले भन्नुभयो । यसैक्रममा पार्टी सभापति देउवाले आजै बेलौरी नगरपालिका–७ मा निर्माणाधीन कालिका मन्दिरको अवलोकनसमेत गर्नुभयो ।