२ भाद्र २०८३, मंगलवार
,
Latest
स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला दलहरूकै कमजोरीका कारण संक्रमणकालीन न्याय टुंगोमा पुग्न सकेनः मैना कार्की टिआरसीको विषय रास्वपा सरकारलाई टुंगोमा पुर्‍याउने अवसर छः डा. रामकुमार भण्डारी लघुवित्त तथा मिटरब्याज पीडितका समस्या समाधान गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह राष्ट्रिय गौरवका सिँचाइ आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राहदानी सेवा सुरक्षित र सहज बनाउनु राज्यको प्राथमिक दायित्व : परराष्ट्रमन्त्री खनाल सत्ता पक्षले प्रतिपक्षको भुमिका खोस्न खोज्योः सांसद राई तोकिएकै समयभित्र कांग्रेस महाधिवेशन सम्पन्न गर्न सभापति थापाको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

तिलक वर्माको आक्रामक ब्याटिङ: मुम्बईद्वारा पञ्जाब ६ विकेटले पराजित



अ+ अ-

काठमाडौँ। इन्डियन प्रिमियर लिगअन्तर्गत बिहीबार राति भएको खेलमा मुम्बई इन्डियन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ।

धर्मशालास्थित एचपीसीए स्टेडियममा भएको खेलमा मुम्बईले अन्तिम ओभरमा १५ रन आवश्यक रहेको अवस्थामा १ बल बाँकी रहँदै लक्ष्य पूरा गरेको हो। यो हारसँगै पंजाब लगातार पाँचौं खेलमा पराजित भएको छ।

पन्जाबले दिएको २०१ रनको विजयी लक्ष्य पछाएको मुम्बई इन्डियन्सले १९.५ ओभरमा ४ विकेट गुमाउँदै २०५ रन सहित लक्ष्य पूरा गर्यो।

मुम्बईको जितमा तिलक बर्माले उत्कृष्ट पारी खेले। उनले ७५ रनको अभिजित पारी खेलेका हुन्। ३३ बलमा समान ६ चौका र ६ छक्का प्रहार गरी तिलकले मुम्बईको जितमा एकतर्फी योगदान गरेका थिए। ओपनरद्वय रोहित शर्मा र रयान रिकेल्टनले पहिलो विकेटका लागि ६१ रनको साझेदारी बनाउँदै राम्रो सुरुवात दिलाएका थिए। रोहितले २५ रन बनाउँदा र रिकेल्टनले ४८ रन बनाएका थिए। शेर्फन रदरफोर्डले २० रन बनाउँदा विल ज्याक्स २५ रनमा अविजित रहे।

पन्जाबका लागि बलिङतर्फ अज्मतुल्लाह ओमरजाईले २ विकेट लिँदा मार्को जान्सनले र युजवेन्द्र चेहलले १-१ विकेट लिए ।

त्यसअघि, ब्याटिङ गरेको पन्जाबका लागि ओपनर ब्याटर प्रभासिम्रन सिंहले सर्वाधिक ५७ रनको पारी खेले। उनले ३२ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। अर्का ओपनर प्रियांश आर्या २२ रनमा बोल्ड भए । कुपर कोनोलीले २१ रन बनाउँदा अज्मतुल्लाह ओमरजाईले ३८ रन बनाए। विष्णु विनोद १५ र जेवियर बार्टलेट १८ रनमा अविजित रहे। कप्तान श्रेयस अय्यरसहित चार ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। जसको फलस्वरूप पन्जाब मध्यम सुरुवातका बावजुद पनि २००मा रोकिएको थियो।

मुम्बईका लागि बलिङतर्फ सार्दुल ठाकुरले सर्वाधिक ४ विकेटले दिपक चहारले २ विकेट लिँदा कर्विन बोस्च र राज बावाले १-१ विकेट लिए। मुम्बईका लागि १२औं खेलमा नियमित कप्तान हार्दिक पाण्ड्या ढाडको समस्याका कारण बाहिर छन्। त्यस्तै हार्दिकलाई प्रतिस्थापन गरेका सूर्यकुमार यादव। व्यक्तिगत कारण मैदानभन्दा बाहिर रहँदा यस खेलमा मुम्बईको कप्तानी जसप्रीत बुमराहले गरेका थिए। बलिङतर्फ ४ ओभर बलिङ गर्दा पनि कप्तान बुमराह भने विकेटविहीन रहे।

मुम्बई यो खेल अगाडि नै प्लेअफ समीकरणबाट बाहिरिसकेको थियो। तर मुम्बईसँग हार बेहोर्दा पन्जाबलाई भने प्लेअफका लागि अबको यात्रा कठिन बनेको छ। लगातार पाँच हारपछि पन्जाब १२ खेलमा ६ जित र एक खेलमा अङ्क बाँड्दा १३ अंक लिएर चौथो स्थानमा रहेको छ। पन्जाबलाई प्लेअफ खेल्न अब बाँकी रहेका दुई खेल जित्नै पर्ने आवश्यकता हुन्छ।

शुक्रबार आइपीएलमा एक खेल रहेको छ जसमा लखनउ सुपर जायन्ट्स र चेन्नई सुपर किंग्सले खेल्नेछन्। चेन्नईले आजको खेलमा लखनौ सुपर जायन्सलाई पराजित गरेको खण्डमा शीर्ष ४ भित्र हटाउनेछ। हाल पाँचौं स्थानमा रहेको चेन्नईको १२ अंक रहेको छ।