२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलेसियाको जनसङ्ख्या ३ करोड ४४ लाख पुग्यो, वृद्धिदरमा भने गिरावट



अ+ अ-

काठमाडौँ। मलेसियाको कुल जनसङ्ख्या सन् २०२६ को पहिलो त्रैमासिकमा ३ करोड ४४ लाख पुगेको छ ।

मलेसियाको तथ्याङ्क विभागद्वारा बिहीवार सार्वजनिक गरिएको पछिल्लो प्रतिवेदनअनुसार अघिल्लो वर्षको सोही अवधिमा ३ करोड ४२ लाख रहेको जनसङ्ख्यामा यस वर्ष सामान्य वृद्धि देखिएको हो । प्रतिवेदन अनुसार, जनसङ्ख्या वृद्धिदरमा भने उल्लेख्य कमी आएको छ ।

अघिल्लो वर्ष ०.९ प्रतिशत रहेको वृद्धिदर यस वर्ष घटेर ०.५ प्रतिशतमा सिमित भएको छ । कुल जनसङ्ख्यामा नागरिकहरूको हिस्सा ९०.१ प्रतिशत र गैर–नागरिकहरूको हिस्सा ९.९ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा स्थिर छ ।

लैङ्गिक आधारमा पुरुषको जनसङ्ख्या १ करोड ७९ लाखबाट बढेर १ करोड ८० लाख पुगेको छ भने महिलाको जनसङ्ख्या १ करोड ६२ लाखबाट सामान्य वृद्धि भई १ करोड ६३ लाख पुगेको छ ।

उमेर संरचनाको विश्लेषण गर्दा, शुन्य देखि १४ वर्ष उमेर समूहको जनसङ्ख्या २१.८ प्रतिशतबाट घटेर २१.६ प्रतिशतमा झरेको छ । त्यस्तै, १५ देखि ६४ वर्षको कार्यशील उमेर समूहको हिस्सा ७०.३ प्रतिशतबाट झिनो वृद्धि भई ७०.४ प्रतिशत पुगेको छ ।

जातीय बनोटका आधारमा मले समुदायको हिस्सा ५८.२ प्रतिशतबाट झिनो वृद्धि भई ५८.३ प्रतिशत पुगेको छ । अन्य भूमिपुत्र र भारतीय समुदायको हिस्सा क्रमशः १२.३ र ६.५ प्रतिशतमा यथावत रहँदा चिनियाँ मूलका नागरिकको हिस्सा भने २२.२ प्रतिशतबाट घटेर २२.१ प्रतिशतमा झरेको छ ।

यसैगरी, सन् २०२६ को पहिलो त्रैमासिकमा जन्मदरमा ३.१ प्रतिशतले गिरावट आई ९४ हजार ८ सय ७ कायम भएको छ । सोही अवधिमा मृत्यु हुनेको सङ्ख्यामा पनि १.५ प्रतिशतले कमी आई ४९ हजार १ सय ३९ पुगेको विभागको तथ्याङ्कले देखाएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपा