२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
गोर्खा भूतपूर्व सैनिकका मागबारे परराष्ट्रमन्त्री र बेलायतका रक्षामन्त्रीबीच ‘भर्चुअल’ बैठक गण्डकी प्रदेश विद्यालय क्रिकेट उपाधि नवलपुरको भीमसेन आदर्शले जित्यो भारत भ्रमणबारे राष्ट्रपतिलाई रवि लामिछानेको ब्रिफिङ यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ आर्थिक सङ्कट व्यहोर्दै हेटौँडा सिमेन्ट उद्योग लाङ्क्यु खोलामा तटबन्ध निर्माण निर्वाचन पर्यवेक्षण प्रतिवेदन : मतदान केन्द्र पुनरावलोकन गर्न माग परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट दाङका आमा समूहले बजाउने नौमतीको माग बढ्यो इरानी नौसैनिक शाखामाथि इयूद्वारा नयाँ प्रतिबन्धको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिएसपी जिसी वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’



अ+ अ-

भैरहवा। लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर, दाङले जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक दिवसबहादुर जिसीलाई २०८३ साल वैशाख महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरी पुरस्कृत गरेको छ ।

प्रदेश प्रहरी कार्यालयले सङ्गठनात्मक नीति निर्देशनबमोजिम प्रदान गरिएको जिम्मेवारी तथा पदीय दायित्वलाई व्यावसायिक ढङ्गले निर्वाह गरेको भन्दै जिसीलाई उक्त सम्मान प्रदान गरेको हो ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–७ पानडाँडाका ४४ वर्षीय पदमबहादुर केसीको गोली लागेर मृत्यु भएको घटनाको सफल अनुसन्धान तथा दोषीलाई कानुनी दायरामा ल्याउन जिसीले नेतृत्वदायी भूमिका निर्वाह गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।

मकैबारी जोगाउन बाँदर लखेट्न जाँदा केसीमाथि गोली प्रहार भई मृत्यु भएको घटनाको अनुसन्धानमा प्रभावकारी भूमिका खेलेको भन्दै प्रदेश प्रहरी कार्यालयले जिसीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ बाट सम्मानित गरेको हो ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्रबहादुर खत्रीले जिसीलाई पुरस्कार प्रदान गर्नुभएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शारदाप्रसाद चौधरीले जानकारी दिनुभयो । रासस