११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन

लगानीकर्तामा आत्मविश्वासको कमीले अपेक्षाकृत कर्जा प्रवाह भएनः सिबिफिन
अ अ+ अ-

काठमाडौँ। बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले लगानीकर्तामा आत्मविश्वासको कमीका कारण अपेक्षाकृत रुपमा कर्जा प्रवाह नभएको बताउनुभएको छ ।

आज यहाँ आयोजित आर्थिक पत्रकारहरूसँगको अन्तरक्रियामा अध्यक्ष श्रेष्ठले बैंकमा पर्याप्त तरलता हुनुका कारण व्यवसायीहरूमा आत्मविश्वासको कमी भएकाले न्यून ब्याजदर हुँदा पनि कर्जा प्रवाह अपेक्षाकृत रुपमा नभएको उल्लेख गर्नुभयो ।

उहाँले उद्योगी अहिले लगानीका लागि ‘पर्ख र हेर’को अवस्थामा रहेको उल्लेख गर्दै यसको प्रभाव बैंकिङ क्षेत्रमा परेको बताउनुभयो । पछिल्लो समय बैंकको खराब कर्जा बढिरहेको सन्दर्भमा केही गल्ती बैंकको पनि भएको उहाँको भनाइ थियो ।

“बैंकिङ क्षेत्रमा पनि केही अस्वस्थ प्रतिस्पर्धा छ, धैरे शाखा खोल्ने, जसरी पनि कर्जा बढाउन जस्तो पनि धितो राख्नेलगायतका समस्या छन्, हामीले यसमा सुधार गर्नु जरुरी छ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

सिबिफिनका अनुसार हाल खराब कर्जा पाँच दशमलव ३४ प्रतिशत पुगेको छ । जुन पछिल्लो १० वर्षयताकै सबैभन्दा बढी हो । बैंकको खराब कर्जा सन् २०२५ मा चार दशमलव ६२ प्रतिशत थियो भने सन् २०१७ मा दुई दशमलव ६३ प्रतिशत थियो ।

सिबिफिनका उपाध्यक्ष राजेश उपाध्यायले समग्र अर्थतन्त्रमा समस्या आउँदा बैंकिङ क्षेत्र प्रभावित भएको बताउनुभयो । यद्यपि पछिल्लो समयको राजनीतिक परिवर्तनले भने सबैमा आशा जगाएको उहाँको भनाइ थियो ।

“राजनीतिक परिवर्तनले आमरुपमा ठूलो आशा जगाएको छ, सरकार अहिले सुशासन कायम गर्न लागेको छ, त्यसपछिको काम भनेको आर्थिक विकास नै हो”, उहाँले भन्नुभयो । सरकारले सात वर्षमा १०० अर्ब डलरको अर्थतन्त्रका लागि पनि लगानी बढाउनुको विकल्प नभएकाले लगानीमैत्री वातावरण भने निर्माण हुनुपर्नेमा जोड दिनुभयो । उहाँले बैंकिङ क्षेत्रमा पनि अस्वस्थ प्रतिष्पर्धालाई स्वीकार गर्दै त्यसमा सुधार जरुरी भएको बताउनुभयो ।

सिबिफिनका महासचिव मनोजकुमार गोयलले निर्माण क्षेत्र सुस्त हुँदा कर्जा प्रवाह कम भएको तर खराब कर्जा बढ्दा पनि बैंकिङ क्षेत्र कमजोर भने नभएको उल्लेख गर्नुभयो ।

“बैंकमा ब्याजदर घट्दो छ, तर निक्षेपको ब्याजदर कमजोर हुँदा पुँजी पलायनको जोखिम पनि बढेको”, उहाँले भन्नुभयो, “बैंकिङ क्षेत्र अर्थतन्त्रको ‘रिफ्लेक्सन’ पनि हो, अर्थतन्त्र राम्रो भएन भने बैंकिङ क्षेत्रमा पनि काम्रो हुँदैन ।” रासस