११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

पौडेलको ‘भावतरङ्ग’ कविता सङ्ग्रह सार्वजनिक

पौडेलको ‘भावतरङ्ग’ कविता सङ्ग्रह सार्वजनिक
अ अ+ अ-

काठमाडौँ। कवि लालमणि पौडेलको पहिलो कविता सङ्ग्रह ‘भावतरङ्ग’ लोकार्पण गरिएको छ ।

सिसार साहित्यिक पत्रिकाले आज यहाँ आयोजना गरेको ‘भावतरङ्ग’ कविता सङ्ग्रह लोकार्पण तथा परिचर्चा कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा जगतप्रसाद उपाध्याय, समालोचकद्वय केशव सुवेदी र गोपीन्द्र पौडेल, रुरु संस्कृत विद्यापीठ रिडी, गुल्मीका पूर्वप्राचार्य श्रीराम सापकोटालगायतले कतिको लोकार्पण गर्नुभएको हो ।

सङ्ग्रहमा पौडेलका २८ वटा कविता छन् । कार्यक्रममा प्रतिष्ठानका पूर्वसदस्यसचिव उपाध्यायले नेपाल संस्कृत विश्वविद्यालयको लेखा समूहको सेवामा रहनुभएका पौडेलले ‘भावतरङ्ग’ कविता सङ्ग्रह रचना गर्नुभएकामा बधाई दिनुभयो ।

साहित्यको मुख्य उद्देश्य बहुजन हितायअनुसार कविता कृति त्यसमा सफल रहेको उहाँले सुनाउनुभयो । साहित्यका माध्यमबाट धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थ पूरा हुने संस्कृत विश्वविद्यालयका पूर्वकुलसचिवसमेत रहनुभएका उपाध्यायले बताउनुभयो ।

कृतिकार पौडेलले पत्रपत्रिकामा स्तम्भलेखन गर्दागर्दै आफू साहित्यलेखनतर्फ आकर्षित भएको सुनाउनुभयो । जीवनमा देखे, भोगेका समसामयिक विषलाई आफूले कविता कृतिमा समेटेको जानकारी पनि उहाँले दिनुभयो ।

रुरु संस्कृत विद्यापीड रिडी गुल्मीका पूर्वप्राचार्य श्रीराम सापकोटाले रुरु क्षेत्रको धार्मिक, सांस्कृतिक परिवेशलाई केन्द्रबिन्दुमा राखेर कविता कृति लेखिएको पाउँदा खुसी लागेको बताउनुभयो ।

कविता कृतिमाथि समीक्षा गर्दै प्रा केशव सुवेदीले प्रेम, प्रणय, वात्सल्य, योग, आयुर्वेद, कोरोना महामारी, युगीन सामाजिक व्यङ्ग्यलगायत विषयमा लेखिएका कविता मर्मस्पर्शी रहेका जानकारी गराउनुभयो । कविताको अध्ययनबाट कविले जीवन र समाजले राम्रोसँग बुझ्नुभएको प्रष्ट हुने बताउनुभयो ।

सिसार साहित्यिक पत्रिकाका प्रधान सम्पादक ज्ञाननिष्ठ ज्ञवालीले हृदयस्पर्शी कविता लेख्ने कवि पौडेलका उपन्यासलगायत कृति पनि चाँडै पढ्न पाइने विश्वास व्यक्त गर्नुभयो । संस्कृत विश्वविद्यालयको सेवामा रहनुभएको बेलादेखि कवि पौडेलले रचनात्मक गतिविधिमा पनि रुचि देखाएकाले कृति ल्याउन सफल हुनुभएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा समालोचक गोपीन्द्र पौडेल, कृतिका प्रकाशक कमला पौडेल, वाल्मीकि विद्यापीठका प्राचार्य अच्युतप्रसाद लामिछाने, सिसार साहित्यिक पत्रिकाका अध्यक्ष मीनप्रसाद ज्ञवाली, मेघराज पौडेल, विजयराज न्यौपानेलगायत साहित्यकारले कविको पहिलो कृतिले पाठकको ध्यानाकर्षण गर्न सफल भएकाले लेखनलाई प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । रासस