२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

रावाबेँसी पालिकाको भवन सम्पन्नः सेवा प्रवाह सुरु



/fjfa]F;L ufpFkflnsfn] k|zf;lgs ejg vf]6fª, #! j}zfv M /fjfa]F;L ufpFkflnsfn] x/d6f/df lgdf{0f u/]sf] ;’ljwf ;DkGg k|zf;lgs ejg . :yfgLon] lgMz’Ns pknAw u/fPsf] kfFr /f]kgL cf7 cfgf hUufdf lgdf{0f ul/Psf] ;f9] rf/tn] k|zf;lgs ejgdfkm{t ufpFkflnsfn] cfh -laxLaf/_af6 cf}krfl/s ?kdf cfkmgf] b}lgs ;]jf k|jfx ;’? u/]sf] 5 . t:jL/ M s]bf/ du/÷/f;;
अ+ अ-

खोटाङ। रावाबेँसी गाउँपालिकाले सुविधा सम्पन्न पक्की प्रशासनिक भवनबाट सेवा प्रवाह सुरु गरेको छ ।

गाउँपालिकाको केन्द्र कुभिण्डेस्थित हरमटारका स्थानीयद्वारा निःशुल्क उपलब्ध भएको पाँच रोपनी आठ आना जग्गामा निर्माण गरिएको साढे चारतले प्रशासनिक पक्की भवनमार्फत गाउँपालिकाले आजदेखि औपचारिक रूपमा सेवा प्रवाह सुरु गरेको हो ।

सङ्घीय सरकारको ६० र गाउँपालिकाको ४० प्रतिशत लगानीमा गाउँपालिकाको सुविधा सम्पन्न प्रशासनिक भवन निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेश दाहालले जानकारी दिनुभयो ।

“यसअघि यहाँ ट्रस भवन निर्माण गरेर प्रशासनिक काम गरिरहेका थियौँ । त्यसलाई हटाएर सोही ठाउँमा सुविधा सम्पन्न पक्की भवन निर्माण गरेर सञ्चालनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “सभाहलको साँघुरो कोठामार्फत सेवा प्रवाह गर्दा सेवाग्राहीलाई सास्ती हुँदै आएको थियो । अहिले आफ्नै सुविधा सम्पन्न भवन बनेर सञ्चालनमा आएपछि सहज भएको छ ।”

गाउँपालिकाको उक्त भवन निर्माणका लागि ठेकेदार कम्पनी एसई-धुम-एमकेएस जेभीले ३० महिनाभित्र सक्नेगरी विसं २०८० असोज २१ गते गाउँपालिकासँग सम्झौता गरेको थियो । ठेकेदार कम्पनीले सम्झौतामा तोकिएको समयभन्दा अगाडि आफूले जिम्मा लिएको काम गत चैत २१ गते सम्पन्न गरी गाउँपालिकालाई हस्तान्तरण गरेको हो ।

उक्त भवन निर्माणका लागि गाउँपालिकाले विसं २०८० वैशाख २४ गते रु आठ करोड ४४ लाख ५७ हजार २५५ मा ठेक्का आह्वान गरेको थियो । ठेकेदार कम्पनीले रु पाँच करोड ४८ लाख ४४ हजार ५८० रकममा सम्झौता गरेर प्रशासनिक भवन निर्माण गरेको गाउँपालिकाका सूचना अधिकारी एवं पञ्जीकरण शाखा प्रमुख गिरिराज रानामगरले जानकारी दिनुभयो । भवन निर्माणका लागि ठेक्का सम्झौता गरेको चार महिनापछि गाउँपालिकाले विसं २०८० माघ २२ गते औपचारिक रूपमा शिलान्यास गरेको थियो । उहाँका अनुसार महिला/पुरुष छुट्टाछुट्टै शौचालयसहित ३३३ दशमलव १७ वर्गमिटर क्षेत्रफल जमिनमा निर्माण गरिएको प्रशासनिक भवनमा २१ वटा कोठा रहेका छन् ।

नवनिर्मित प्रशासनिक भवनको औपचारिक उद्घाटन गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ र प्रमुख प्रशासकीय अधिकृत दाहालले आज संयुक्त रूपमा रिवन काटेर गर्नुभएको छ । भवन उद्घाटनअघि परम्पराअनुसार शान्ति पूजासमेत गरिएको गाउँपालिकाले जनाएको छ ।

देश सङ्घीय संरचनामा गएसँगै साविको कुभिण्डे, खार्पा, लामीडाँडा, डुम्रेधारापानी, दुवेकोल र हौँचुर गाविसलाई समेटेर छ वटा वडा रहेको एउटा स्थानीय तह (लामीडाँडा गाउँपालिका) घोषणा गरिएको थियो । साविकको छ गाविस समेटेर छुट्टै स्थानीय तह निर्माणका लागि वर्तमान गाउँपालिकाका अध्यक्ष श्रेष्ठसहितको टोलीले विरोध गरेपछि (तत्कालीन नाम लामीडाँडा) लाई परिवर्तन गरी रावाबेँसी बनाइएको थियो ।

रावाबेँसी गाउँपालिका कृषि उत्पादनमा जिल्लाकै सबैभन्दा उर्वर भूमि मानिन्छ । यस गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेको सङ्घीय सरकारको राष्ट्रिय गौरवको आयोजना ‘दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना’ निर्माणस्थल छ ।

हरमटारमा व्यक्तिको घर भाडामा लिएर गाउँपालिका सञ्चालन गरिएको केही समयपश्चात् गाउँपालिकाले स्थानीयबाट निःशुल्क जग्गा प्राप्त गरेपछि ट्रस भवन निर्माण गरी सेवा प्रवाह गर्दै आएको थियो । हरमटारमा यसअघि कर्मचारी निवास, सभाहल र चिस्यान केन्द्रगरी तीन वटा पक्की भवन निर्माण भइसकेका छन् ।  रासस