११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

करेन्ट लागेर एक प्राविधिकको मृत्यु

करेन्ट लागेर एक प्राविधिकको मृत्यु
अ अ+ अ-

कपिलवस्तु। कपिलवस्तुको शिवराज नगरपालिका–३ खरेन्द्रपुरमा इन्टरनेट लाइन मर्मत गर्ने क्रममा करेन्ट लागेर एक प्राविधिकको मृत्यु भएको छ ।

इन्टरनेट लाइन मर्मत गर्ने क्रममा पञ्चकन्या जेविएम केबुल नेट चन्द्रौटामा कार्यरत प्राविधिक लेखु थापाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सन्तोष आचार्यले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पाल्पाको रिब्दीकोट गाउँपालिका–८ स्थायी घर भएका थापा हाल शिवराज नगरपालिका–३ मदवामा बस्दै आउनुभएको थियो ।

करेन्ट लागेपछि थापा गम्भीर घाइते हुनुभएको थियो । स्थानीयवासी र सहकर्मीले तत्काल उद्धार गरी उपचारका लागि बुद्ध पोलिक्लिनिक खरेन्द्रपुर पुर्‍याएका थिए । त्यहाँ सामान्य उपचारपछि अवस्था गम्भीर देखिएपछि थप उपचारका लागि बुटवल पठाइएको थियो ।

बुटवलस्थित अस्पतालमा उपचारका क्रममा उहाँको मृत्यु भएको प्रहरी उपरीक्षक आचार्यले बताउनुभयो । घटनापछि मृतकका परिवार तथा आफन्तले घटनाको सत्यतथ्य छनबिनको माग गरेका छन् । रासस