११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

अनाथ बालबालिकाको अभिभावक स्थानीय निकाय

अनाथ बालबालिकाको अभिभावक स्थानीय निकाय
अ अ+ अ-

कैलाली। कैलालीको टीकापुर नगरपालिका अनाथ तथा असहाय बालबालिकाको अभिभावकत्व निर्वाह गर्न थालेको छ ।

नगरपालिकाभित्र स्थायी बसोबास गर्दै आएका अनाथ तथा असहाय बालबालिकाहरुलाई शिक्षा, स्वास्थ्यलगायत आधारभूत आवश्यकताहरुको पहुँचमा ल्याएर त्यस्ता बालबालिकाको संरक्षण गर्दै अभिभावकत्व निर्वाह गर्न थालेको हो ।

विसं २०८१ मा अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि कार्यान्वयनमा आएसँगै १७ जना बालबालिकाको अभिभावकत्व नगरपालिकाले निर्वाह गर्दै आएको छ ।

गत भदौबाट नगरपालिकाको वडा नं. १ स्थित सरस्वती माध्यमिक विद्यालयमा त्यस्ता बालबालिकाहरुलाई आवाससहितको व्यवस्थापन गरेर राखिएको छ । त्यहाँ कक्षा १ देखि ९ सम्म अध्ययन गर्दै आएका अनाथ तथा असहाय बालबालिकाले आश्रय विद्यालयमै लिएर अध्ययन गरिरहेका छन् । कार्यविधि अनुसार नगरपालिकाले एक विद्यार्थी बराबर वार्षिक रु ६० हजार खर्च गर्दै आएको छ । बालबालिकाले अति आवश्यक सामग्री खरिदका लागि प्रति बालबालिका रु ५०० का दरले वार्षिक रु छ हजार नगद नै प्राप्त गर्ने गरेका छन् ।

“यहाँ घरायसी वातावरणमा अभिभावकको अभाव अनुभूति नहुने गरी हामीले बालबालिकाको हेरचाह गर्दै आएका छौँ ।“ विद्यालयका प्रधानाध्यापक खगेन्द्रबहादुर घर्तीले भन्नुभयो, “उहाँहरुलाई आवश्यकताअनुसार सुविधा प्रदान भइरहेको छ ।

शिक्षामा अझै बढी ध्यान दिइएको छ ।”, उहाँका अनुसार बालबालिकाको सबै आवश्यक व्यवस्थापनको जिम्मा विद्यालय प्रशासनले नै लिएको छ । नगरपालिकाले एकमुष्ट विद्यार्थी सङ्ख्याको आधारमा विद्यालयलाई बजेट भुक्तानी गर्दै आएको छ । त्यही रकम विद्यालयले मापदण्डअनुसार खर्च गर्दै आएको प्रधानाध्यापक घर्तीले बताउनुभयो ।

अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालनमा आएको धेरै समय नभएका कारणले बालबालिका कम आएको हुनसक्ने अनुमान गरिएको छ । “केन्द्र सञ्चालनमा आएको एक वर्ष भएको छैन”, उहाँ भन्नुहुन्छ, “विद्यार्थीहरुको सङ्ख्या बढ्ने छ । अहिले धेरैलाई थाहा नभएर कम भएको हुनसक्छ । “चालू आर्थिक वर्षमा नगरपालिकाले केन्द्रको लागि २० लाख बजेट विनियोजन गरेको थियो ।

अभिभावकविहीन बालबालिकाहरुलाई शिक्षाको पहुँचसम्म जोड्ने उद्देश्यले बालबालिका संरक्षण केन्द्र सञ्चालन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालले बताउनुभएको छ ।

“आर्थिक अभाव भएका अभिभावकका बालबालिकाहरु शिक्षाबाट वञ्चित नभए पनि अभिभावक नै नहुँदा कैयौँ बालबालिका विद्यालय बाहिर छन्”, उहाँले भन्नुभयो, “विद्यालयबाहिर भएका सहारा खोजिरहेको बालबालिकाहरुको अभिभावक नगरपालिका भएर काम गर्न सुरु गरिएको हो ।” रासस