८ आश्विन २०८१, मंगलवार
,
Latest
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालापानीबारे प्रधानमन्त्रीको पहिलो बोली: एक इन्च पनि नेपाली भूमि मिच्न दिँदैनौँ



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले नेपालले एक इन्च भूमि पनि मिचिन नदिने बताएका छन् । नेपालको कालापानी क्षेत्रसमेत समेटेर भारतले हालै सार्वजनिक गरेको नयाँ नक्साबारे विरोध भइरहेका वेला पहिलोपटक उनले यसबारे सार्वजनिक प्रतिक्रिया दिएका हुन् । राष्ट्रिय युवा संघ नेपालले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कूटनीतिक पहलबाट भारतसँगको सीमा समस्या सुल्झाउने बताए ।

उनले नेपाल–भारत सीमा विवाद नयाँ नभएको पनि जिकिर गरे । ‘भारतले नक्सा सच्याएर मात्र हुँदैन । मिचिएको नेपाली भूमि फिर्ता गर्नुपर्छ । यसका लागि हामी कूटनीतिक पहलका लागि सधैँ तयार छौँ,’ प्रधानमन्त्री ओलीले भने । नाकाबन्दीको समयमा भारतसँग आफू नझुकेको स्मरण गर्दै उनले भने, ‘हामी हाम्रो छिमकीसँग संवादबाट समस्या समाधान गर्न तयार छौँ । इतिहासले देखाइसकेको छ, यो सरकार राष्ट्रवादी छ ।’

भारतीय अतिक्रमणविरुद्ध देश एक ढिक्का हुनु सकारात्मक भएको उनले बताए । ‘भारतले सीमा क्षेत्रमा अहिले ल्याएर सैनिक फौज राखेको भन्ने कुरा हल्ला मात्रै हो, सीमा अतिक्रमणको विरुद्धमा अहिले सबै दल र संघसंस्थाबाट देखिएको सक्रियता राष्ट्रियता रक्षाका लागि एकदमै सकारात्मक छ,’ उनले भने ।

सरकारले आफ्नो भूमिको रक्षा गर्छ: प्रधानमन्त्री यो सरकारले आफ्नो भूमि एक इन्च पनि मिचिन दिँदैन । आफ्नो भूमि अरू कसैलाई दिँदैनौँ, अरूको पनि अतिक्रमण गर्दैनौँ । हाम्रो भूमिबाट छिमेकी मुलुकले आफ्ना सेना फिर्ता लैजाओस् । यो हामीले आग्रहपूर्वक भनेका छौँ । शान्ति स्थापनाका लागि विश्वमा हामीले शान्ति सेना पठाइरहेका छौँ । यसमा हामीले बहादुरी कमाएका छौँ ।

हामी शान्तिको पक्षमा छौँ । छिमेकीसँग किञ्चित तनाव नहोस् भन्ने पक्षमा हामी छौँ । संवादको माध्यमबाट समस्या समाधान गर्न चाहन्छौँ । हाम्रो विश्वास छ, संवादकै माध्यमबाट समस्याको हल हुन्छ । अहिलेको सरकार संवाद गर्न नसक्ने होइन, त्यो इतिहासले देखाइसकेको छ । राष्ट्रिय हितको पक्षमा अड्न र लड्न सक्ने सरकार हो यो ।

हाम्रो भूमिबाट विदेशी फौज फिर्ता हुन्छ । सरकारले आफ्नो भूमिको रक्षा गर्छ । भारतले नक्सा सच्याउनुपर्छ भनेर कतिपयले भन्दै छन् । नक्सा सच्याउनु ठूलो विषय होइन, भूमि फिर्ता गर्नु महत्वपूर्ण हो । नेपालीहरू आफ्नो भूमि फिर्ता गर्न सक्षम छन्, सक्छन् । नयाँ पत्रिका दैनिकबाट