११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्राधिकरणको कामु कार्यकारी निर्देशकमा श्रेष्ठ



अ+ अ-

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणको कायम निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आज मन्त्रिस्तरीय निर्णयमार्फत श्रेष्ठलाई सो पदमा नियुक्त गर्नुभएको हो ।

श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आउनुभएको छ । उहाँ २०५४ सालमा सातौँ तहको अधिकृतका रूपमा प्राधिकरणमा सेवा प्रवेश गर्नुभएको थियो ।

काठमाडौं महानगरपालिका–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेशन एण्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नुभएको छ । प्राधिकरणले ऊर्जा क्षेत्रको व्यवस्थापन, प्रसारण प्रणाली विस्तार तथा विद्युत् सेवा सुधारलगायतका कामलाई निरन्तरता दिने अपेक्षासहित श्रेष्ठलाई कायममुकायम कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो ।

दुई सञ्चालक समिति सदस्य नियुक्त 

यस्तै, मन्त्री श्रेष्ठले दुई जना नयाँ सञ्चालक समिति सदस्य नियुक्त गर्नुभएको छ । नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौँ महानगरपालिका–१५ का अंशुकीरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ ।

त्यस्तै, उपभोक्ताकोतर्फबाट नार्गाजुन नगरपालिका–५ का कृष्ण बसेल नियुक्त हुनुभएको छ । प्राधिकरणको सञ्चालक समितिमा उपभोक्तातर्फ प्रतिनिधित्व दलित समुदायको सहभागिता सम्भवतः पहिलोपटक नियुक्त गरिएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री श्रेष्ठको अध्यक्षतामा आज बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औँ बैठकले उक्त निर्णय गरेको हो । नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई आज नै ऊर्जामन्त्री श्रेष्ठले पद तथा गोपनियताको सपथ गराउनुभयो ।  रासस