१६ भाद्र २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरको छतसहित खसेर दुई जनाको मृत्यु



अ+ अ-

सर्लाही। सर्लाहीको मलङ्गवामा घरको छतसहित खसेर दुई जनाको मृत्यु भएको छ ।

मलङ्गवा नगरपालिका–१० स्थित रञ्जित यादवको चार तले पक्की घरको छत ढलान गर्ने क्रममा खसेर दुई मिस्त्रीको ज्यान गएको हो ।

पानी ट्याङ्की राख्ने छत ढलान गर्ने क्रममा छतसहित चार तला माथिबाट खस्दा  मलङ्गवा नगरपालिका–२ का ५० वर्षीय छटु साह र हरिपुर्वा नगरपालिका–२ का ४० वर्षीय राजकिशोर यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिनुभयो ।

छतसहित खसेर गम्भिर घाइते भएका दुवै जनाको  उपचारका क्रममा प्रादेशिक अस्पताल मलङ्गवामा मृत्यु भएको हो ।

मृतकको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  रासस