३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना

नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने राप्रपाको माग

नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने राप्रपाको माग
अ+ अ-

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्नुभएको छ ।

प्रधानमन्त्रीले संसदलाई छलेर उत्तरदायित्वबाट विमुख हुन खोजेको आरोप लगाउँदै उनले यसप्रति कडा आपत्ति जनाएका जनाउनुभएको हो । संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रश्तुत गर्ने र उठेका प्रश्नहरूको जवाफ दिने दायित्व प्रधानमन्त्रीकै भएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक राख्न सक्ने तर संसद्मा आएर जनताका प्रतिनिधिहरूको प्रश्नको सामना गर्न नसक्ने विषय गम्भीर रहेको उहाँको तर्क छ ।

शाहीले प्रधानमन्त्रीको अनुपस्थितिलाई सत्तापक्ष र प्रतिपक्ष मात्र नभई समग्र सार्वभौम संसद्कै अपमानका रूपमा चित्रण गर्नुभयो ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत विगतको नजिर सम्झाउँदै यस विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा अनुपस्थित हुँदा रास्वपाले विरोध जनाएको स्मरण गराउँदै शाहीले अहिलेको परिस्थितिमा पनि सबै दलले जवाफदेहिताको खोजी गर्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्रीले संसद छल्न खोजेको भन्दै कुनैपनि बहानामा प्रधानमन्त्री जवाफदेहिताबाट भाग्न नपाउने अडान दोहो¥याउनु भयो । प्रधानमन्त्रीको अनुपस्थितिकै कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिँदै उहाँले आगामी रणनीति छलफलपछि तय हुने बताउनु भयो ।