४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

प्रमुख प्रतिपक्ष काँग्रेसले भन्योः नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री नआए संसद बैठक बिहष्कार गर्छौं

प्रमुख प्रतिपक्ष काँग्रेसले भन्योः नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री नआए संसद बैठक बिहष्कार गर्छौं
अ+ अ-

काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारको नीति तथा कार्यक्रमबारे जवाफ दिन पनि प्रधानमन्त्री बालेन्द्र साह उपस्थित नभए संसद बैठक बहिष्कार गर्ने चेतावनी दिएको छ ।

प्रधानमन्त्रीको अनुपस्थितिमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारको नीति तथा कार्यक्रम छलफल गरियोस भन्ने प्रश्ताव पेश गर्न हुने तर त्यसको जवाफ प्रधानमन्त्री साह आफैँले दिनुपर्ने धारणा काँग्रेस नेता अर्जुननरसिंह केसीले राख्नुभयो । उहाँले प्रधानमन्त्री साहले संसदलाई उपेक्षा गरेको विषयमा भने आपत्ति जनाउनु भयो । नेता केसीले प्रधानमन्त्रीको अनुपस्थितिमा कुनैपनि विषय संसदमा टेबुल गर्न कुनै पनि मन्त्रीले गर्न सक्ने व्यवस्थामा नियमावलीमा भएकाले त्यसलाई रोक्न आवश्यक नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘प्रधानमन्त्रीले संसदीय परम्परा र मान्यताहरुको एकपछि अर्को उपेक्षा गर्नुभएको भन्ने आम रुपबाट हाम्रो धारणा हो । खास गरेर अहिले हामीहरु जो उभिरहेका छौँ । हामी सोही धारणाबाट अभिप्रेरित भएर उभिएका हौँ । जब प्रधानमन्त्रीजीको उपस्थितिको माग गरिएको छ । अहिलेसम्मको संसदीय परम्पराको कुरा म यतातिरका साथीहरुलाई पनि आकर्षित गर्न चाहन्छु कि कुनैपनि कार्यक्रममा प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले तोकेको कुनैपनि मन्त्रीले प्रधानमन्त्रीले टेबुल गर्ने कुरा गर्नु हाम्रो परम्परा हो । र सभामुखले भन्न खोज्ने भएको धारा ३८ को ब्याख्या पनि त्यही हो । त्यसैले मैले सभामुखज्युमार्फत माननीयज्यूहरुलाई मैले के अनुरोध गर्नं चाहन्छु भने प्रधानमन्त्रीबाट संसदको उपेक्षा भयो भन्ने साथीहरु हुनुहुन्छ । अहिले प्रश्तुत मात्रै गर्ने कुरामा माननीय मन्त्रीजीले प्रश्तुत गर्दा हामीलाई कुनै आपत्ति छैन । तर जवाफ दिने बेलामा पनि प्रधानमन्त्रीको अनुपस्थिति भयो भने हामी बाध्य भएर संसद बहिष्कार गर्छौं ।’

सांसद केसीले प्रधानमन्त्री साहको अनुपस्थितिमा कुनैपनि विषय मन्त्रीहरुले संसदमा टेबुल गर्ने कुरा संसदीय परम्परा पनि भएकाले त्यसलाई अवरोध गर्न नमिल्ने पनि स्मरण गराउनु भयो ।