२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा प्रहरीको गाडी लक्षित गरी बम विष्फोट, दुई प्रहरीसहित ७ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वामा मंगलवार प्रहरीको सवारी साधनलाई लक्षित गरी भएको शक्तिशाली बम विष्फोटमा परी सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई प्रहरी र पाँच सर्वसाधारण रहेका छन् । प्रहरी स्रोतकाअनुसार खैबर पख्तुनख्वाको लक्की मारवत जिल्लामा नियमित गस्तीमा रहेको प्रहरीको गाडीलाई लक्षित गरी विष्फोट गराइएको हो

। विष्फोट भीडभाडयुक्त बजार क्षेत्रमा भएकाले घटनास्थल नजिकै रहेका सर्वसाधारणहरू पनि ठूलो संख्यामा हताहतीको शिकार भएका छन् । विष्फोटमा परी अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

घटनालगत्तै सुरक्षा निकायले उक्त क्षेत्रलाई घेराबन्दी गरी अनुसन्धान शुरु गरेको छ । बम डिस्पोजल टोलीले घटनास्थलमा पुगेर विष्फोटको प्रकृति र प्रयोग गरिएको सामग्रीबारे सूक्ष्म अध्ययन गरिरहेको जनाइएको छ ।

घाइतेहरूलाई तत्कालै नजिकैको अस्पताल पु¥याइएको छ । हालसम्म कुनै पनि समूहले यस विष्फोटको जिम्मेवारी लिएको छैन ।

प्रहरीले आक्रमणकारीको खोजी कार्य तिब्र पारेको छ । सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । रासस