९ भाद्र २०८३, मंगलवार
,
Latest
पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य राप्ती तथा बहादुरगन्जका आँखा अस्पताल : सेवासँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा धार्मिक पर्यटकीय गन्तव्य बन्दै राक्सिराङको सीता अशोक बाटिका गत आर्थिक वर्षमा म्याग्दीका पाँच सय घरमा खानेपानीको पहुँच
तपाईं के खोज्दै हुनुहुन्छ ?

अख्तियार प्रमुखलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तीन जनाविरुद्ध मुद्दा दर्ता



अ+ अ-

काठमाडौं । प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई ज्यान मार्ने धम्की दिएको आरोपमा तीन जनाविरुद्ध मंगलबार मुद्दा दर्ता गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशलकुमार बुढाथोकीले विज्ञप्तिमार्फत संगठित रूपमा धम्की दिने कार्यमा संलग्न व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो।

प्रहरीका अनुसार मुद्दा दर्ता हुनेमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का निलम्बित महानिर्देशक प्रदीप अधिकारी, काभ्रेको तेमाल–१ निवासी प्रकाश पाठक र झापाको बुद्धशान्ति गाउँपालिका–२ निवासी ताराप्रसाद खरेल रहेका छन्।

उनीहरूले ‘इजीएन’ नामक आतंकवादी संगठनको नाम प्रयोग गर्दै अख्तियार प्रमुख राईलाई राजीनामा दिन दबाबसहित ज्यान मार्ने धम्की दिएको आरोप प्रहरीले लगाएको छ।

प्रहरीले उनीहरूविरुद्ध आपराधिक लाभ लिन नहुने कसूर, आपराधिक षड्यन्त्र, विद्युतीय कारोबार ऐनविरुद्धको कसूर तथा संगठित अपराध ऐनअन्तर्गत कारबाहीको माग गरेको जनाएको छ।