८ आश्विन २०८१, मंगलवार
,
Latest
अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले भने– नेपाल सधैं शान्तिको पक्षमा मौसममा फेरि फेरबदल : कृषि क्षेत्रमा असर पर्नसक्ने सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था धवलागिरि आरोहणका लागि १४ जनालाई अनुमति मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु क्यालिफोर्नियामा नेपाली महावाणिज्यदूतावास खुल्ने  परराष्ट्रमन्त्री डा राणा र राष्ट्रसङ्घका उपमहासचिव अतुलबीच भेटवार्ता धार्मिक पर्यटनको विकास गर्न यसरी जोड्न सकिन्छ बाली र काठमाडौं : इन्डोनेसियाली पर्यटन उपमन्त्री संस्कृतिमन्त्री पाण्डे र भारतीय राजदूतद्वारा कला प्रदर्शनी अवलोकन मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दाःदोषी ठहर भएका तीन कम्पनी र चार व्यक्तिलाई सजाय निर्धारण
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्छ’



अ+ अ-

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्ने बताउनुभएको छ ।

चाँगुनारायणमा आज चुनावी कार्यक्रममा उहाँले जनताले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी नेकपाको सरकारलाई दिएकाले त्यो जिम्मेवारी ऐतिहासिक रूपमा पूरा गर्ने बताउनुभयो । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा नेकपाले डिपी ढकलालाई उम्मेदवार बनाएको छ । उहाँले २१औँ शताब्दीको दोस्रो दशकमा पार गरिरहँदा पनि हाम्रो देशको सिमाना अङ्कित हुन नसक्नु विगतका सरकारले यसमा ध्यान दिन नसकेको प्रस्ट भएको भनाइ राख्नुभयो ।

खनालले भन्नुभयो, “आज हामी कालापानी, लिपुलेक, लिम्पियाधुराका लागि लडिरहेका छौँ, सुगौली सन्धिबाट हामीले प्राप्त गरेको भूमि विगतका सरकारले सुरक्षित गर्न सकेनन्, अब नेकपाको सरकारले सीमा सुरक्षित गर्ने ऐतिहासिक जिम्मेवारी लिएको छ, नेकपाको सरकार सीमा सुरक्षाको काम ऐतिहासिक रूपमा पूरा गर्न दृढरूपमा अगाडि बढेको छ ।”

देशमा प्रशस्त बिजुली र पानी भएर पनि देश अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य गरी विद्युत्भार कटौती मुक्त देश बनाउँदै सरकारले राष्ट्रव्यापीरूपमा विद्युतीकरण गर्ने योजना अगाडि बढाएको बताउनुभयो । पूर्वप्रधानमन्त्री एवं नेकपाका नेता खनालले भन्नुभयो, “नेकपाको सरकार बनेपछि लोडसेडिङ अन्त्य भएको छ, नेकपाको नेतृत्वको युग शुरु भएपछि उज्यालोको युग शुरु भएको छ ।”

आफ्नै देशमा उत्पादनको क्षमता हँुदाहँुदै पनि अरू देशबाट आयात गरिएका गोलभेँडा, प्याज, फलफूल खाइरहनु परेको बताउँदै वर्तमान सरकारले यस्तो विदेशमुखी अवस्थाको अन्त्य गर्दै उत्पादनमुखी नीति लिएको भनाइ उहाँले राख्नुभयो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं पूर्व पर्यटनमन्त्री आनन्द पोखरेलले नेपालको राष्ट्रियताको सुदृढीकरण गर्ने, पार्टी एकीकरणलाई तल्लो तहसम्म पूरा गर्ने र देशलाई आर्थिक समृद्ध पूरा गर्ने जिम्मेवारी नेकपाको सरकारले पूरा गर्ने बताउनुभयो ।

कार्यक्रममा सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेकपाको सरकार र नेकपाको स्थानीय तह आएपछि चाँगुनारायण नगरपालिकाले विकासमा फड्को मारेको बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य रामेश्वर फुयाल, केन्द्रीय सदस्य एवं चाँगुनारायणका नगरप्रमुख सोम मिश्र, नेकपा भक्तपुर इन्चार्ज एवं केन्द्रीय सदस्य दिलीप प्रजापति, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, नेकपा जिल्ला अध्यक्ष बचन देउजालगायत नेताहरुसमेत जनताको घरघरमा पुगेर नेकपालाई मतदान गर्न आग्रह गर्नुभयो ।