१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढीको कारण हिमपहिरो, लेन्दे खोलामा चौध महिनाभित्र दुई पटक भीषण बाढी रसुवा–नुवाकोटमा मात्रै सञ्चालनमा रहेका ३५९ मेगावाट र निर्माणाधीन ३९५ मेगावाटका आयोजना प्रभावित भारत, चीन र विश्व बैंकले सोधे– ‘कस्तो सहयोग कहाँ पठाऊँ? रसुवा बाढीमा घाइते २५ जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार रसुवा बाढीपछि ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन रसुवामा आएको बाढी भूकम्पपछि खसेको हिमपहिरोका कारण हुनसक्ने प्रारम्भिक अनुमान प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षितः प्रहरी महानिरीक्षक कार्की भोटेकोशी बाढीपछि प्रतिनिधिसभाको कार्यसूची हटाइयो, उद्धारमा जुट्न सभामुखको आग्रह रसुवाको बाढीः उद्धार गरी ल्याएका १३ जनाको काठमाडौँमा उपचार हुँदै राहत र उद्धारका लागि सरकारले राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा समन्वय गरिरहेको छ : परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपाबाट मधेस प्रदेशसभा सदस्यमा सरिता कुमारी ठाकुर सिफारिस



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मधेस प्रदेशसभामा रिक्त रहेको समानुपातिक प्रदेशसभा सदस्य पदका लागि महोत्तरीकी सरिता कुमारी ठाकुरलाई सिफारिस गरेको छ।

यसअघि प्रदेशसभा सदस्य रहेकी कञ्चन बिच्छालाई पार्टीले गम्भीर अनुशासन उल्लङ्घन गरेको आरोपमा सांसद पदबाट फिर्ता बोलाउँदै कारबाही गरेको थियो। पार्टी निर्णयविपरीत प्रदेश सरकारमा मन्त्री बनेपछि उनी कारबाहीमा परेकी थिइन्।

बिच्छाले उक्त निर्णयविरुद्ध अदालतमा रिट दायर गरेकी थिइन्। तर अदालतले समेत उनको रिट खारेज गरेपछि उनी प्रदेशसभा सदस्य पदबाट पदमुक्त भएकी थिइन्।

बिच्छा पदमुक्त भएपछि रिक्त रहेको स्थानमा नयाँ सदस्य सिफारिस गर्न निर्वाचन आयोगबाट पत्र प्राप्त भएको र सोही क्लस्टरको समानुपातिक सूचीमा दोस्रो नम्बरमा रहेकी ठाकुरलाई सिफारिस गरिएको राप्रपाले जनाएको छ।