१२ भाद्र २०८३, शुक्रबार
,
Latest
कठिन घडीमा प्रत्येक प्रभावित नागरिकसम्म राज्य पुग्नेछ : प्रधानमन्त्री तनहुँमा आज थप तीन शव फेला, पहिचानको प्रक्रिया अघि बढाइयो रसुवाको भोटेकोशी बाढीपछि दुप्चेश्वर धामको मानवीय साथ, राहत सहयोग गर्ने पहिलो धार्मिक संस्था बन्दै पाँच… भोटेकोशी बाढी प्रभावितका लागि सखुवाप्रसौनीद्वारा पाँच लाख सहयोग चार दिनको जिम्मेवारी, अब जीवनभरको पर्खाइ ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो बाढीपीडितका लागि एडिबीले ५० लाख अमेरिकी डलर अनुदान दिने भोटेकोशी बाढीः पोखरामा तीन शव पहिचान, एउटा आफन्तलाई बुझाइयो उद्योग परिसङ्द्वारा पाँच करोड २९ लाख बाढीपीडितका लागि सहयोग लागुऔषधसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री हेरफेरको आन्तरिक गृहकार्यमा ओली–प्रचण्ड



अ+ अ-

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेरका लागि आन्तरिक गृहकार्य गरिरहेका छन् । ओली र प्रचण्डले सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्री हेरफेरबारे दुई घन्टा लामो छलफल गरेका हुन् ।

दुई अध्यक्षबीचको छलफल कुन कुन मन्त्री हटाएर रिक्त स्थानमा कसलाई ल्याउने विषयमा केन्द्रित रहेको निकटस्थ स्रोतले जनाएको छ । व्यक्तिको नाम तय हुनेबित्तिकै मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छ । आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका लागि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई सैद्धान्तिक सहमति दिएको थियो ।

यसैबीच, अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच पनि मन्त्रिपरिषद् पुनर्गठन, समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा केन्द्रित रहेर सोमबार लामो छलफल भएको छ । निजीनिवास खुमलटारमा बिहान नेपालसँग छलफल गरेपछि साँझ प्रचण्ड बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीले पनि मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेर महासचिव विष्णु पौडेललगायतसँग पनि परामर्श गरेर गृहकार्य गरिरहेका छन् । नयाँ नियुक्त गरिने मन्त्रीहरूको नाम टुंगिएमा मंगलबारै शपथ गराउने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ । नयाँ पत्रिका दैनिकबाट